News

सार्वजनिक सवारी समेत संचालनमा ल्याएर जनजीवन सहज बनाउने सरकारको तयारी : यात्रुले स्यानिटाइजर बोक्नुपर्ने, मास्क लगाउनै पर्ने !

काठमाडौँ – करिब ३ महिनादेखिको लकडाउन सरकारले खुलाउने तयारी गरेको छ । सरकारले लकडाउन खुकुलो बनाएर जनजीवन सहज बनाउने उदेश्यले सार्वजनिक यातायात पनि खोल्ने तयारी गरेको हो ।

यातायात व्यवस्था विभागले सार्वजनिक यातायात सञ्चालन गर्न नयाँ निर्देशिका जारी गर्दै यात्रुलाई सजग बनाएर यातायात संचालन गर्ने तयारी गरेके हो ।

लकडाउन खुकुलो बनाउने सरकारको नीतिसँगै सार्वजनिक यातायात खोल्नुपर्ने अवस्था आएको हो । तर यातायात संचालनमा आएसँगै कोरोना संक्रमितको दर भने ह्वात्तै बढ्ने संभावना पनि उच्च छ । जसका कारण महामारी बढ्ने भने निश्चित छ । सरकारले यसअघि नै आन्तरिक उडान खोल्ने तयारी गरिसकेको छ ।

Related Articles

Back to top button
Close