भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ। आइतबार साँझ सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका-३ झौखेल बस्दै आएकी सुत्केरीको मृत्यु भएको भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए। ‘हिजो सुत्केरी महिलाको मृत्यु भएको थियो,’उनले भने,’त्यसैले अहिले अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।’ हिजै भर्ना भएकी ती महिलाको डेलिभरी भने सामान्य तरिकाले नै भएको उनले बताए। शिशुको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए। ‘सामान्य तरिकाले नै डेलिभरी भएको तर केही समयपछि मृत्यु भएको खबर आयो,’उनले भने। उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो। मृत्युपछि ती सुत्केरीको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उनको रिपोर्ट भने आउन बाँकी रहेको डिएसपी गिरीले बताए। सुत्केरीको शव भने अहिले अस्पतालमै राखिएको छ।
भक्तपुर अस्पतालमा सुत्केरीको मृत्यु भएपछि आकस्मिक बाहेकका सबै सेवा बन्द गरिएको छ।
आइतबार साँझ सिन्धुपाल्चोक घर भई चाँगुनारायण नगरपालिका-३ झौखेल बस्दै आएकी सुत्केरीको मृत्यु भएको भक्तपुरका डिएसपी दीपक गिरीले जानकारी दिए।
‘हिजो सुत्केरी महिलाको मृत्यु भएको थियो,’उनले भने,’त्यसैले अहिले अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरेको छ।’
हिजै भर्ना भएकी ती महिलाको डेलिभरी भने सामान्य तरिकाले नै भएको उनले बताए। शिशुको अवस्था भने सामान्य रहेको उनले जानकारी दिए।
‘सामान्य तरिकाले नै डेलिभरी भएको तर केही समयपछि मृत्यु भएको खबर आयो,’उनले भने। उनको आरडिटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको थियो।
मृत्युपछि ती सुत्केरीको स्वाब परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ। उनको रिपोर्ट भने आउन बाँकी रहेको डिएसपी गिरीले बताए।
सुत्केरीको शव भने अहिले अस्पतालमै राखिएको छ।