News

रुपन्देहीमा एकाबिहानै ४ जनाको हत्या, आफ्नै साथीको विभत्स हत्या गरेर भागे युवक, प्रहरी घटनास्थलमा

 

रुपन्देही । रूपन्देहीको एक स्थानीय कुखुरा फार्ममा काम गर्ने मजदुरले आफ्ना ४ जना साथीको हत्या गरेका छन् भने एक जनालाई घाइते बनाएर। छाडेका छन् ।

तिलोत्तमा नगरपालिका–१० का वडाध्यक्ष ब्यासमुन थारुका अनुसार हत्या संलग्न युवक फरार रहेका छन् भने अहिले प्रहरी टोली घटनास्थलमा पुगिसकेको र उनको खोजीकार्य भएको र घाइतेको उद्धार गरी अस्पताल लगीएको छ ।

घाइतेको अवस्था जटिल रहेको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरुमा एक जना महिला र तीन जना पुरुष छन् । मंगलापुर प्रहरी चौकी इन्चार्ज लक्ष्मण थापाका अनुसार किन र कसरी हत्या गरे भन्ने खुल्न सकेको छैन ।

Related Articles

Back to top button
Close