News

टीकापुरमा कोरोना सङ्क्रमितको संख्या १३ पुग्यो

लम्की, २९ जेठ – कैलालीको टीकापुरमा कोरोना सङ्क्रमितको संख्या १३ पुगेको छ । बुधबार टीकापुरका पाँच जनामा कोरोना पुष्टि भएसँगै टीकापुरमा सङ्क्रमितको सङ्ख्या १३ पुगेको छ । टीकापुरका सङ्क्रमित चार जनाको टीकापुर अस्पतालमा उपचार भइरहेको छ । बाँकी नौ जनाको श्यया अभावमा क्वारेन्टिनमै रहेका छन् ।

उनीहरुलाई आजबाट सञ्चालनमा आएको आइसोलेन वार्डमा ल्याउने तयारी भइरहेको टीकापुर नगरपालिका स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले जानकारी दिनुभयो । “तीन दिनअघि सङ्क्रमण देखिएका पनि क्वारेन्टिनमै छन्, अस्पतालमा राख्ने ठाउँ नभएर क्वारेन्टिनमै छुट्टै कोठामा राखेका हौँ”, संयोजक रावलले भन्नुभयो, “आजदेखि सञ्चालनमा आएको अस्पतालमा लैजाने तयारी भएको छ । दैनिक सङ्क्रमित देखिन थालेका छन् । ४०० स्वाबको नतिजा आउन बाँकी छ । अझै ठाउँ अभाव हुन्छ ।”

धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा रहेको आइसोलेसन वार्डसमेत भरिएको छ । कैलालीमा सङ्क्रमितको सङ्ख्या ६० पुगेको छ । दैनिक सङ्क्रमित बढ्दै गएपछि सङ्क्रमित कहाँ राख्ने भन्ने समस्या शुरु भएको सेती अस्पतालले जनाएको छ ।(रासस)

Related Articles

Back to top button
Close