News

रौतहटमा १०२ जनाले जीते कोरोना, करिब ८ हजार क्वारेन्टाइनमा

रौतहट : रौतहटमा एक सय २ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किएका छन्। गौर नर्सिंङ इन्ष्टिच्युट आइसोलेसनबाट १६ जना र प्रहरी स्कुल बिर्ताको आइसोलेसनबाट ६५ जना गरी ८१ जना बुधबार साँझ उपचारपछि निको भएर घर फर्किएका हुन् ।

ईशनाथ नगरपालिकाका ३५ जना, देवाहीगोनाही नगरपालिकाका १० जना, गौर नगरपालिका, कटहरिया नगरपालिका, राजदेवी नगरपालिका लगाएतका संक्रमितहरु निको भएर घर फर्किएको गौर अस्पतालका डा. कृष्ण साहले जानकारी दिएका छन् ।

यसअघि वीरगन्जस्थित नारायणी अस्पतालबाट ३ जना निको भएका थिए भने गौर नर्सिंङ इन्ष्टिच्युटबाट १८ जना निको भएर घर गएका थिए । बिहीबार बिहानसम्ममा रौतहटमा ४ हजार ४ सय ४५ जनाको पीसीआर रिर्पोट आउन बाँकी रहेको छ । पछिल्लो एक महिना यता भारतबाट आएर क्वारेन्टाइन बसेका ७ हजार ९ सय ५५ जना छन् ।

जिल्लामा चार सय ७४ जनामा कोरोना संक्रमण फेला गरेको छ ।

Related Articles

Back to top button
Close