News

काठमाडौ । कोरोना भाईरसका कारण विश्वको सबभन्दा शक्तिशाली देश अमेरिकाको बढी नोक्सान भएको छ । कोरोनाबाट अमेरिकामा सबैभन्दा बढीको ज्यान गएको छ भने त्यहाँको आर्थिक अबस्था पनि निकै गिरावट आएको छ

कोरोना संक्रमण र मृत्युदर अमेरिकामा दैनिक रूपमा बढेको छ । बिहीबार मात्रै अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण ९०० जनाकाे मृत्यु भएकाे छ भने २३ हजार २९५ नयाँ संक्रमित थपिएका छन् । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २० लाख ८९ हजार नाघेकाे छ ।

अमेरिकामा हालसम्म १ लाख हजार १६ हजार ३० जनाले यस भाइरसकाे संक्रमणबाट ज्यान गुमाइसकेका छन् । तर ८ लाख १६ हजारभन्दा बढी मानिस निकाे समेत भइसकेका छन् । हाल त्यहाँ ११ लाख ५७ हजारबढी मानिसमा भाइरस सक्रिय छ ।

Related Articles

Back to top button
Close