News

सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै तिनाउ खोलामा ट्याक्सी खस्यो

बुटवल, ३० जेठ । सिद्धार्थ राजमार्गको सिद्धबाबा नजिकै ट्याक्सी दुर्घटना भएको छ । बुटवलबाट पाल्पातर्फ जाँदै गरेको ट्याक्सी शुक्रबार दिउँसो ३ बजे पाल्पाको तिनाउ गाउँपालिकास्थित माथिल्लो सिद्धबाबा नजिकैबाट तिनाउ खोलामा खसेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लु १ ज ४०९३ नं। को उक्त ट्याक्सी दुर्घटना हुँदा ट्याक्सी चालक ओमप्रकाश अर्याल घाइते भएका छन् । अर्यालको अबस्था गम्भीर रहेको बताइएको छ ।

Related Articles

Back to top button
Close