News

अफगानिस्थानको मस्जिदमा बम विस्फोट : चारको मृत्यु, आठ घाइते

काबुल : अफगानिस्तानको काबुलस्थित एक मस्जिदमा बम विस्फोट हुँदा चारजना मारिएका छन् । साथै आठजना घाइते छन् ।

शुक्रबारको नियमित प्रार्थनाको अवधिमा मस्जिदमा हमला भएको थियो । गृहमन्त्रालयका अनुसार काबुलको दक्षिणी क्षेत्रस्थित शेर शाह सुरी मस्जिदमा हमला भएको थियो । घटनापछि सरकारले आपत्ति जनाउँदै विज्ञप्ति निकालेको छ । विस्फोटको क्रममा मस्जिदमा धार्मिक नेता अजिजुल्लाह मोफ्लेस मारिएको बताइन्छ ।

गृहमन्त्रालयका प्रवक्ता तारिक अरियनका अनुसार विस्फोटमा घाइतेहरुलाई स्थानीय अस्पतालमा उपचार गरिएको छ । हालसम्म विस्फोटको जिम्मा कसैले पनि लिएको छैन । पछिल्लो समय आईएसआईएल र तालिबान समूह यस क्षेत्रमा सक्रिय रहँदैआएको स्थानीय मिडियाले जनाएका छन् ।

Related Articles

Back to top button
Close