News

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुग्यो

काठमाडौँ । नेपालमा कोरोनाबाट थप एक जनाको मृत्यु भएको छ । वीरगन्जस्थित घण्टाघर क्षेत्रमा वेवारिसे अवस्थामा मृत भेटिएका युवकमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शुक्रबार साँझ आएको स्वाबको नतिजामा मृतक युवकमा संक्रमण देखिएको नारायणी अस्थायी अस्पताल गण्डकका संयोजक डा. उदयनारायण सिंहले जानकारी दिए।

अन्दाजी २५ वर्षीय युवकको शव अहिले नारायणी अस्पतालमै राखिएको छ । डा.सिंहले युवकको प्रोटोकल अनुसार शव व्यवस्थापन गर्ने तयारी रहेको जनाए । गत जेठ २८ गते वेवारिसे अवस्थामा युवकको शव घण्टाघर क्षेत्रमा भेटिएको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले बताइन् । उनले युवकको बाँकी ठेगाना भने खुल्न बाँकी रहेको जनाइन् ।

युवकको मृत्युपछि कोरोना पुष्टि भएकोबारे स्वास्थ्य मन्त्रालयलाई जानकारी गराइएको अस्पतालले जनाएको छ । मन्त्रालयले भने यसबारे औंपचारिक जानकारी गराउन बाँकी छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

यो समाचार पनि पढ्नुहोस
काठमाडौं-नेपालमा को रोना भा इरस सं क्रमितको संख्या पाँच हजार नाघेको छ भने एकै दिन (शुक्रबार) ४४८ जानमा को रोना सं क्रमित थपिएका छन्। योसँगै नेपालमा को रोना सं क्रमितको संख्या ५ हजार ६२ पुगेको छ। यस्तै को रोना भा इरसकै कारण नेपालमा १६ जनाले ज्‍या न गु माइसकेका छन् जसमा शुक्रबार एकजनाको को रोना भा इरसका कारण मृ त्‍यु भएको छ भने ८ सय ७७ जना को रोना सं क्रमणमुक्त भएका छन् जसमा शुक्रबार मात्रै १६ जना को रोनालाई जितेर घर फर्किएका छन्।

सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार को रोना भा इरस हालसम्‍म ७२ जिल्लामा फैलिइसकेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार मोरङका ३, झापाका १३, महोत्तरीका १६, चितवनका ८, धादिङका ३४, सप्तरीका १७, उदयपुरका ३, सिराहाका ११, इलामका १, सुनसरीका १०, पर्वतका १३, स्याङजाका २२, नवलपरासीका ७ जना रहेका छन्।

यस्तै तनहुँका १, बर्दियाका १५, बाँकेका १, धनुषाका १५, सर्लाहीका ५२, कपिलवस्तुका ४, दाङका ८, दैलेखका ३८, सुर्खेतका ४५, अर्घाखाँचीका २, गुल्मीका १, पाल्पाका १, प्युठानका २, रुपन्देहीका १६, बाराका १, नुवाकोटका १, रौतहटका ८६ र काठमाडौँका १ जना सं क्रमित थपिएका हुन्। यसका साथै प्रदेश- १ मा हालसम्‍म ३ सय ३३७ जना को रोना सं क्रमित छन् भने १६४ जना निको भएर घर फर्किएका छन्।

यस्तै प्रदेश-२मा १ हजार ८ सय ७४ जना को रोना सं क्रमित छन् भने ३ सय ५७ जना निको भएका छन्। एकजनाले ज्‍या न गु माएको छ। त्यसैगरी बागमती प्रदेशमा १८६ जना को रोना सं क्रमित, ४५ जना सं क्रमणमुक्त छन् भने चारजनाले ज्‍या न गु माएका छन्। त्यसैगरी गण्डकी प्रदेशमा १८८ जना को रोना सं क्रमित पुगेको छ भने एकजनाले को रोना भा इरसकै कारण ज्‍या न गुमाएका छन्।११जना सं क्रमणमुक्त भएर घर फर्किएका छन्।

यस्तै प्रदेश- ५मा को रोना सं क्र मतिको संख्या १ हजार ४ सय ४३ पुगेको छ भने पाँच जनाको मृ त्‍यु भएको छ। यस्तै २६२ जना को रोना सं क्रमणमुक्त भएका छन्।
यस्तै कर्णाली प्रदेशमा ८ सय ४२ जना को रोना सं क्रमित भएका छन् भने तीनजनाको मृ त्‍यु भएको छ। साथै २५ जना को रोना भा इरसलाई जितेर घर फर्किएका छन्। त्यस्तै सुदूरपश्‍चिम प्रदेशमा १ सय ९२ जना को रोना सं क्रमित भएका छन् भने दुईजनाले को रोनाबाट ज्‍या को गु माएको छ। साथै १३ जना को रोनाबाट मुक्त भएर घर फर्किएका छन्।

Related Articles

Back to top button
Close