News

नेपालमा कोरोनाबाट थप दुई जनाको मृत्यु

काठमाडौ, जेठ ३१ – नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्रालयको नियमित प्रेस ब्रिफिङ कार्यक्रममा शनिबार मन्त्रालयका प्रवक्ता डा. का अनुसार थप २ दुई जनाको कोरोना संक्रमणबाट मृत्यु भएको हो । कोरोनाबाट मृत्यु हुनेमा गत बुधबार र शुक्रबार वीरगञ्जमा मृत्यु भएका दुई जना पुरुष रहेका छन् ।

त्यस्तै आज एकैदिन २ सय ७३ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । यससँगै कुल संक्रमितको संख्या ५३३५ पुगेको छ । यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ पुगेको मन्त्रालयले जनाएको छ ।

Related Articles

Back to top button
Close