News

कोरोनाको कारण नेपालमा आज मात्रै थप २ जनाको मृ’त्यु !

काठमाडौँ — कोरोनाबाट थप दुई जनाको मृ’त्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृ’त्यु हुनेको संख्या १८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पर्साको वीरगन्‍ज महानगरपालिका घण्टाघरस्थित अन्दाजी २५ वर्षीय पुरुष र बारा निजगढ –६ का योजना टोल निवासी ५ वर्षीय बालकको कोरोना संक्रमणले मृ’त्यु भएको औपचारिक रुपमा पुष्टि गरेको छ ।

मृतक व्यक्तिको जेठ २८ गते वेवारिसे श’व फेला परेको थियो । उनको जेठ ३० मा कोरोना पुष्टि भएको हो । त्यसैगरी मृतक बालकमा ज्वरो तथा श्वासप्रश्वासको समस्या भएपछि विरगन्‍ज हेल्थ केयर सेन्टरमा उपचाररत थिए । उनको शुक्रबार मृ’त्यु भएको थियो ।

हालसम्म कोरोना संक्रमणले सिन्धुपाल्चोकमा एक, बाँकेमा एक, गुल्मीमा एक, बाराका एक, ललितपुरका एक र अर्घाखाँचीका एक, दैलेखका एक, बाजुराका एक, दोलखा एक, पाल्पाका एक, सुर्खेतका एक, कैलालीका एक, डोल्पाका एक, स्याङ्जाका एक, चितवनका एक, अर्घाखाँचीका एक, विरगञ्जका एक तथा पर्साका गरी १८ जनाको मृ’त्यु भएको छ ।

Related Articles

Back to top button
Close