News

कोरोना संक्रमण फैलन नदिन फेरी एक साता बजार बन्द

गल्याङ बजार सनिबारदेखि एकसाता पूर्ण रुपमा बन्द गरिने भएको छ । समुदायमा कोरोना संक्रमण फैलन नदिने उदेश्यसहित एकहप्ताका लागि बजार बन्द गरिने भएको हो ।

गल्याङ नगरपालिकाको क्वारेन्टाइनमा बस्नेसँगै समुदायका व्यक्तिमा समेत कोरोना संक्रमण देखिएपछि नगरपालिकाले एक साताका लागि बजारपूर्ण रुपले बन्द गर्ने जनाएको हो ।

भारतबाट आई गल्याङ बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बसेका १६ नागरिकसँगै २ जना सरसफाइकर्मी कर्मचारीमा शुक्रबार संक्रमण पुष्टि भएपछि नगरपालिकाले चासो बढाएकोे हो।

गल्याङ नगरपालिकामा बसेको बैठकले कोरोना अत्यावश्यकबाहेक सम्पूर्ण पसल बन्द गर्ने निर्णय गरेको नगर प्रमुख भुपराज अधिकारीले जानकारी दिए ।

कोरोना संक्रमण समुदाय स्तरमा फैलने सक्ने अनुमान गर्दे सचेत र सावधानी अपनाउनु पर्ने बेैठकको निष्कर्ष छ ।

नगर कार्यसमितिका पदाधिकारी, वडाध्यक्ष, चेम्बर अफ कमर्स, उद्योग वाणिज्य संघ तथा यातायात व्यवसायी, सुरक्षाकर्मीसहितको बैठकले औषधि पसल, दुध डेरी र तरकारी पसल बाहेकका सबै पसल बन्द गर्ने निर्णय गरेको प्रमुख अधिकारीले जानकारी दिए ।

उनले भने ‘वित्तीय संस्था र खाद्यान्न पसल पनि एक हप्ताको लागि बन्द गर्ने निर्णय भएको छ ।’

यसैबीच, प्रमुख भुपराज अधिकारीले विज्ञप्ति जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि नगर कार्यपालिका बन्द हुने जानकारी गराउदै अत्यावश्यकबाहेक घर बाहिर ननिस्कन र उच्च सतर्कता अपउनाउन आग्रह गरेका छन्।

Related Articles

Back to top button
Close