News

ओलीको उद्घोष : प्रधानमन्त्रीको कुर्सी जाओस् तर नेपालको भूमि फिर्ता ल्याएरै छाड्छु

काठमाडौं, जेठ ३१

प्रधानमन्त्री केपी शर्मा ओलीले मिचिएको भूमि फिर्ताका विषयमा छिमेकी मुलुक भारतसँग वार्ता हुने बताउनु भएको छ । नेपालको नयाँ नक्शासहित समावेश गरिएको संविधान संशोधन विधेयक प्रतिनिधिसभाबाट पारित भएसँगै उहाले अब छिमेकी मुलुक भारतसँग मिचिएको भूमि फिर्ताका लागि वार्ता हुने बताउनु भएको हो । शनिबारको बैठकबाट बाहिरिने क्रममा पत्रकारको जिज्ञासामा प्रधानमन्त्री ओलीले संविधान संसोधनमा सर्वसम्मत मत देखिनु राष्ट्रियता र जनताको पक्षमा राम्रो कुरा भएको उल्लेख गरेका हुन् ।

‘संविधान संशोधन एक ढङ्गले सर्वसम्मत रुपमा पारित भएको छ, केही सांसदहरु अनुपस्थित हुनुभएको मात्रै हो, यसको विपक्षमा कोही छैन, अब भारतसँग वार्ता हुनेछ’, प्रधानमन्त्री ओलीको भनाई थियो । प्रधानमन्त्री ओलीले प्रधानमन्त्रीको कुर्सी जाओस् तर नेपालको भूमि फिर्ता ल्याएरै छाड्ने उद्घोष गर्दै आएका छन् ।

Related Articles

Back to top button
Close