News

गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १९९ पुगेको छ।

काठमाडौँ । गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) संक्रमितको संख्या १९९ पुगेको छ।

आइतबार बिहान पूवी नवलपरासी (सुस्ता पूर्व) देवचुली नगरपालिकाका २३ र ३२ वर्षका दुई पुरुषमा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश, स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १९९ पुगेको छ । नयाँ संक्रमितहरु सोही पालिकाको क्वारिन्टनमा बस्दै आएका थिए।

निर्देशनालयका अनुसार, अहिले संक्रमितलाई रजहर स्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ ।

Related Articles

Back to top button
Close