News

ब्राजिलमा कोरोनाबाट एकैदिन ६ सयको मृत्यु, १७ हजार संक्रमित

ब्राजिलमा आइतबार कोरोना भाइरसको संक्रमणबाट बितेको २४ घण्टामा ५ सय ९८ जनाको मृत्यु भएको छ । एकैदिन १७ हजार नयाँ संक्रमित थपिएका छन् ।

कोरोनाबारे निरन्तर अपडेट दिइरहने वर्ल्डोमिटरका अनुसार आइतबार १७ हजार ८६ जना संक्रमित भएका छन् । योसँगै ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ८ लाख ६७ हजार ८ सय ८२ पुगेको छ ।

त्यहाँ कोरोना संक्रमणको कारण ज्यान गुमाउनेको संख्या ४३ हजार ३ सय ८९ जना पुगेको छ ।

त्यसैगरी गएको २४ घण्टामा विश्वभर कोरोना संक्रमणको कारण तीन हजार दुई सय ४८ जनाले ज्यान गुमाएका छन्। योसँगै विश्वमा संक्रमणको कारण ज्यान गुमाउनेको संख्या चार लाख ३५ हजार १ सय ६६ पुगेको छ।

Related Articles

Back to top button
Close