News

पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका १७ जनामा कोरोना पोजेटिभ प्रकाशित मिति : सोमवार, असार १,

पिसिआर रिपोर्ट नआउँदै घर पठाइएका दाङ घोराहीका १७ जनामा कोरोना पोजेटिभ भेटिएको छ । घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका १३ र वडा नं. १७ कै प्रावि क्वाडीमा बसेका ४ जनामा कोरोना पोजेटिभ भेटिएको हो ।

घोराही उपमहानगरपालिका वडा नं. १७ स्थित चौघेरा क्वारेन्टिनमा बसेका ३५ मध्ये १६ जनालाई जेठ २८ गते रिपोर्ट नआउँदै घर पठाइएको थियो । तर उनीहरूमध्ये १३ जनाको रिपोर्ट पोजेटिभ आएको हो ।

रिपोर्ट पोजेटिभ आएकाहरू जेठ ७, ८ र ९ गते छिमेकी देश भारतबाट आएका थिए ।

Related Articles

Back to top button
Close