News

ललितपुरबाट तीन थान बमसहित विप्लवका नेता पक्राउ, बम डिस्पोज

नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको प्रतिबन्धित समूह नेकपाका एक नेता ललितपुरमा हातहतियार र बमसहित पक्राउ परेका छन्। शुक्रबार राति ललितपुर महानगरपालिका वडा नम्बर-११ का श्याम भनिने सानुराज बज्राचार्यलाई महानगरीय प्रहरी परिसर ललितपुरले पक्राउ गरेको हो। उनलाई बंगलामुखी नजिकैको इखाछे भन्ने स्थानबाट बमसहित पक्राउ गरेको परिसरका प्रवक्ता एसपी तुलबहादुर कार्कीले सेतोपाटीलाई जानकारी दिए। पक्राउ परेका ४१ वर्षीय सानुराज विप्लव समूहका डिसिएम भएको पनि प्रहरीले जनाएको छ।

‘उनलाई कटुवा पेस्तोल र तीन थान बमसहित पक्राउ गरिएको हो,’ परिसरह प्रवक्ता एसपी कार्कीले भने, ‘उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको छ।’ प्रहरीले खानतलासी गर्दा उनी बस्ने घरको तेस्रो तल्लामा रहेको उनको कोठामा सकेट बम ३ थान, कटुवा पेस्तोल १ थान र विप्लव समूहसँग सम्बन्धित पुस्तक, लेटर प्याड समेत फेला पारिएको जनाएको छ। तीनै थान बम सेनाले डिस्पोज गरिसकेको छ। ‘हातबाट बनाइएको बम भएकाले त्यो डिस्पोज गर्नुपर्ने हुन्छ,’ एसपी कार्कीले भने, ‘तीनवटै बम त्यहीँ डिस्पोज गरिसकिएको छ।’

Related Articles

Back to top button
Close