News

सारै दुखद खबर: सुर्खेत क्वारेन्टिनमा एकजनाको मृत्यु !

सुर्खेतको गुर्भाकोट नगरपालिका-७ स्थित क्वारेनटाइनमा बसेका एकजनाको मृत्यु भएको छ । १३ दिनअघि भारतको गढवालबाट स्वदेश फर्किएका गुर्भाकोट नगरपालिका – ८ का ५० वर्षीय पुरुषको सोमबार बिहान मृत्यु भएको मेयर हस्त पुनले जानकारी दिए ।

सोमबार बिहान आफैले खाना पकाएर खाएका ती व्यक्ति एक्कासी छाती दुख्यो भनेर पल्टिएका थिए । त्यतिकैमा उनको मृत्यु भएको मेयर पुनले बताए । मृतकको स्वाब पीसीआर परिक्षणको लागि सुर्खेत प्रयोगशालामा पठाइएको छ । मेयर पुनका अनुसार मृत्यु भएका ती व्यक्ति पहिलेदेखि नै क्षयरोगका बिरामी थिए ।

काठमाडौं : धेरैलाई लाग्न सक्छ- लिम्पियाधुरा-लिपुलेक-कालापानी क्षेत्र अनकन्टार होला। भारतले वर्षौंदेखि कब्जा गरेको उक्त नेपाली भूमि खासमा साँच्चै मनमोहक छ। यताका कसैले टेक्न, देख्न नपाइरहेको उक्त भूमिबारे धेरैलाई कौतुहल बढ्दो छ। प्राकृतिक सुन्दरताको छुट्टै मोहक छरिरहेछ पराइले ओगटेको यो भागले।

२०५८ सालमा दार्चुलाका तत्कालीन प्रमुख जिल्ला अधिकारी वेदप्रकाश लेखक सीमा विवाद नियाल्न कालापानीसम्म गए। ठूलै अनुरोध गरेर उनी त गए, तर सुरक्षाकर्मी लैजान पाएनन्। भयंकर खानतलासीपछि गएका लेखक सम्झिन्छन्, ‘सैनिक बलमै भारतले त्यो इलाका कब्जा गरेको गर्‍यै छ।’

उत्तर चीनको सिमानामा करिब ७० किलोमिटर हिमाली पर्वत शृंखला छ। त्यसलाई लिम्पियाधुरा पर्वत शृंखला भनिन्छ। त्यसको पश्चिमको अग्लो चुचुरो (लिम्पियाधुरा) बाट काली नदी आउँछ। लिम्पियाधुरा ५५ सय मिटर उचाइमा छ। लिपुलेक भन्ज्याङ (छाङला) ५ हजार ९८ मिटरमा छ। छाङरु र तिङकरको पश्चिमी मोहडामा ओम हिमाल छ। त्यो विशाल पर्वत कालापानी लिपुपास बीचबाट पूर्वी मोहडामा पर्छ। यसको बीचमा हिउँले नै ओम लेखिएको छ।

Related Articles

Back to top button
Close