News

सुशान्तको अन्तिम संस्कार चल्दै गर्दा उनकी भाउजु सुधाले पनि त्यागिन् प्राण प्रकाशित मिति: मंगलबार, आषाढ ०२, २०७७ समय: १०:४१:२५

एजेन्सी/ विश्व महामारीको रुपमा फैलिएको कोरोना भाईरसले धेरै देश यतिबेला लकडाउनको अवस्थामा छ । जसका कारण हरेक क्षेत्रलाई क्षति पुगेको छ भने बलिउडलाइ निक्कै ठुलो सोक परेको छ । यो लकडाउनको अबधिमा १६ चर्चिती अनुहारको ज्यान गैसकेको छ भने पछिल्लो पटक सुशान्त सिंह राजपुतको आ’त्मह’त्याले सारा भारत संगै नेपालमा पनि प्रत्यक्ष प्रभाव पुग्न गयो । यो खबर सेलाउन नपाउदै उनकी भाउजुले पनि प्राण त्याग गरेको खबर बाहिरिएको छ ।

देवर सुशान्तको आ’त्मह’त्याको खबरले सोमबार बिहारको पूर्णिया जिल्लामा रहेकी उनकी भाउजु सुधा देवीको पनि निधन भएको भारतीय मिडियाले उल्लेख गरेका छन् । सुशान्तको खबरले डिप्रेसनमा रहेकी भाउजुले खाना पिउन छाडेर निकै कमजोर भएको उनको निधन भएको परिवारले जनाएको छ । मुम्बइमा सुशान्तको अन्तिम संस्कार चलिरहेका बेला सुशान्तकी भाउजु सुधाले प्राण त्यागेको समाचारमा जनाइएको छ । सुधा सुशान्तको काकाको छोराकी श्रीमती हुन् ।

Related Articles

Back to top button
Close