News

‘म डराएको छु’ – सलमान

चैत २४, काठमाडौँ | बलिउड अभिनेता सलमान खान भारतमा भइरहेको लकडाउनका कारण पनवेल फार्महाउसमा समय बिताइरहेका छन् । सलमान पनवेलमा केही समयका लागि पुगेका थिए । तर, लक डाउन भएपछि उनलाई सोही स्थानमा समय बिताउनु परिरहेको छ ।उनै, सलमानले सामाजिक संजालमा एउटा भिडियो सार्वजनिक गर्दै कोरोना भाइरसको बिषयमा विचार व्यक्त गरेका छन् । सलमानले भिडियोमा आफू डराएको बताएका छन् ।

उनले भनेका छन– ‘म बहादुरीका साथ भन्छु कि, म डराएको छु । किनकी, अहिले जो डराउँछ उ नै सुरक्षित हुन्छ । म सबैसँग आगह गर्न चाहन्छु कि घरमै सुरक्षित रहनुहोला ।’

सलमानले काम नगरी दैनिक जीवन चलाउन समस्या परेका मानिसहरुलाई सहयोग पनि गरिरहेका छन् ।सलमान अभिनित चलचित्र ‘राधे’को छायांकन पनि कोरोना भाइरसको संक्रमण फैलिएसँगै बन्द भएको छ । यसैले यो चलचित्र इदमा रिलिज हुने कुरामा अन्यौलता छाएको छ ।

Related Articles

Back to top button
Close