News

अर्घाखाँचीको क्वारेन्टिनमा आरडीटी पोजेटिभ आएका एक पुरुषले गरे आत्मह-त्या

बुटवल,३ असार । अर्घाखाँचीको शितगंगा नगरपालिकामा आरडीटी रिपोर्ट पोजेटिभ आएका एक पुरुषले आत्मह-त्या गरेका छन् । अर्घाखाँचीको शितगंगा नगरपालिका–५ जुकेनास्थित हरि माविको क्वारेन्टिनमा बसेका ४४ वर्षीय देवबहादुर विकले गएराति आत्मह-त्या गरेका हुन् । विद्यालयको एउटा कोठामा सँगै बसेका दुईजना साथीहरु नि’दाएपछि उनले रातिमा विद्यालय नजिकैको एक रूखमा झु-ण्डिएर आत्मह-त्या गरेको वडा अध्यक्ष कमल पौडेलले बताए ।

उनको २४ गते गरिएको आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो । पीसीआर परीक्षणका लागि २५ गते उनको स्वाबको नमुना लिएर प्रादेशिक प्रयोगशाला भैरहवा पठाइएको थियो । उनी भारतको पञ्जाबबाट आएर क्वारेन्टाइनमा बसेका थिए ।

यसैबीच अर्घाखाँचीका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले प्रयोगशालाले पीसीआर परीक्षण रिपोर्ट दिन ज्यादै ढिलाइ गर्दा यस्ता दुःखद् घ टनाहरु हुन थालेको प्रतिक्रिया दिए । ‘समयमा रिपोर्ट नआउँदा मान्छेहरुमा नै’राश्यता र न’कारात्मक कुराहरु आउने स’मस्या भयो,’ प्रजिअ पौडेलले भने ।फोटो:फाइल

Related Articles

Back to top button
Close