News

चिनियाँ सेनासँगको झ’डपमा ‘श’हीद’ भएका जवानकी शोकाकुल श्रीमतीलाई फोन आएपछि…

पटना। सोमबार राती भारत–र चीनको सीमा क्षेत्रमा २ देशका सैनिकबीच हिं’सा’त्मक झ’डप भयो । यो झ’ड’पमा दुवैतर्फका सैनिक ठूलो संख्यामा ह’ता’हत भए । भारतीय सेनाले बिहारको सारण जिल्लाका जवान सुलील कुमार ‘शहीद’ भएको खबर उनको परिवारलाई दियो । मंगलबार बेलुकी यो खबर पाएसँगै पूरै परिवार शोकाकुल बन्यो । पूरै रात शोकमा बित्यो तर, बुधबार बिहानै ‘शहीद’ भनिएका सुनिल कुमारकी पत्नीको फोन बज्यो ।

दैनिक भास्करका अनुसार फोन सुनिलकै थियो । उनले पत्नी मेनकालाई फोनमा आफू ठिक भएको र चिन्ता नगर्न भने । उनको फोनसँगै शो’कमा डुबेको परिवारमा राहतको लहर फैलियो । यसअघि मंगलबार बेलुकी पनि मेनकालाई फोन आएको थियो । फोन गर्नेले मेनकालाई उनका पति शहीद भएको बताएका थिए ।

खासमा सुनिलको ठाउँमा अर्कै जवानको मृ’त्यु भएको थियो तर ज्या’न गु’माउने अर्का जवानको नाम पनि सुनिल कुमार नै थियो । ज्या’न गुमाउने जवानको नाम सुनिल कुमार राय थियो र उनका पिताको नाम सुखदेव राय थियो । संयोगले सारणका जवानको नाम पनि सुनिल कुमार राय थियो र उनका पिताको नाम पनि सुखदेव राय नै थियो । यही कारण अधिकारहिरु झुक्किएको पाइएको छ ।

Related Articles

Back to top button
Close