News

सुशान्तको मृ’त्युको कारण भन्दै सलमान खान लगायत ८ जना वि’रुद्ध मु’द्दा दर्ता !

बलिउड अभिनेता सलमान खान, निर्माता तथा निर्देशकहरू करन जोहर, एकता कपुर तथा सञ्जयलीला भन्साली सहित आठ जना वि’रूद्ध फौजदारी मु’द्दा परेको छ। बुधबार एक वकिलले उनीहरूलाई अभिनेता सुशान्तसिंह राजपुतको मृ’त्युको कारण भन्दै बिहार अदालतमा मुद्दा दायर गरेको भारतीय सञ्चारमाध्यम टाइम्स अफ इन्डियाले जनाएको छ। टाइम्स अफ इन्डियाका अनुसार वकिल सुधिर कुमार ओझाले सलमान, करनसहित आठ जनाका विरूद्ध मु’द्दा दायर गरेका हुन्। अदालतले आगामी जुलाई ३ को सुनुवाइ मिति दिएको छ। ओझाले दायर गरेको मुद्दामा आदित्य चोपडा, साजिद नाडियडवाला, भुषण कुमार र निर्देशक दिनेशको पनि नाम छ। टाइम्स अफ इन्डियाका अनुसार यी आठ व्यक्तिले सुशान्तका फिल्म रिलिज हुन बाधा पैदा गरेको र यिनीहरूकै कारण सुशान्तलाई फिल्मी कार्यक्रमहरूमा पनि बोलाउन छाडिएको मु’द्दामा उल्लेख छ।

Related Articles

Back to top button
Close