News

भक्तपुरमा एक प्रहरीसहित तीन जनामा कोरोना, १२ प्रहरी क्वारेन्टिनमा

४ असार, काठमाडौं । महानगरीय प्रहरी परिसर भक्तपुरमा कार्यरत प्रहरी जवानमा कोरोना संक्रमण पुष्टि भएपछि सन्चार कक्ष सिल गरिएको छ । साथै उनको सम्पर्कमा रहेका १२ जना प्रहरीहरुलाई क्वारेन्टिनमा राखिएको छ ।

बुधबार चाँगुनारायण नगरपालिका घर भई परिसरको सञ्चार कक्षमा कार्यरत ३२ वर्षीय एक प्रहरीसहित भक्तपुरमा तीन जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको थियो । तीनै जनालाई बुधबारै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा उपचारका लागि पठाइएको छ ।

Related Articles

Back to top button
Close