News

माक्स लगाउन नमानेपछि विमानवाट यात्रुलाई निकालियो

एजेन्सी । कोरोनाका कारण अहिले अधिकांश मुलुकले स्वास्थ्य सतर्कता बढाएका छन् । कतिपयले लकडाउनको नीति अबलम्बन गरेका छन् भने लकडाउनको घोषणा नभएका मुलुकमा पनि उच्च स्वास्थ्य सतर्कता अपनाइएको छ । सार्वजनिक स्थलमा जाँदा अपनाउनुपर्ने मापदण्ड निर्धारण गरिएको छ ।

अमेरिकामा मास्क लगाउन अटेर गर्ने एक यात्रुलाई अमेरिकन एयरलाइन्सले विमानवाट वाहिर निकालिदिएको छ । विमानमा बसिसकेका एक यात्रुलाई माक्स लगाउन आग्रह गर्दा उनले मानेनन् । उनलाई यात्र गर्नबाट प्रतिबन्ध लगाई तत्काल विमानवाट निकालिएको अन्तराष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

बुधबार न्युयोर्कदेखि ड्यालसका लागि यात्र गर्न लागेका ब्रान्डन स्ट्रकाले विमान भित्र मास्क लगाउन अटेर गरेपछि एयरलाइन्सले उनलाई तत्काले सुरक्षाकर्मी लगाएर विमानबाट तल झारेको सीएनएनले जनाएको छ।

कोरोना प्रकोप जारी रहेकाले सार्वजनिक स्थलमा जाँदा वा यात्रा गर्दा अनिवार्य माक्स लगाउनुपर्ने मापदण्ड लगाइएको छ । एयरलाइन्सले पनि यात्रुलाई अनिवार्य मास्क लगाउन भनेको छ। यो नियम केही समययता लागू भएको छ। एयरलाइन्सका सो नियम विपरित ब्रान्डनले भने विमान भित्र मास्क नलगाउने बताए पछि उनलाई विमानवाट निकालिएको हो ।

Related Articles

Back to top button
Close