News

लमजुङमा गुडिरहेको ट्रिपरमाथि ढुंङ्गा खस्दा चिनियाँ नागरिकको मृत्यु

लमजुङमा एक चिनियाँ नागरिकको मृत्यु भएको छ।

मर्स्याङदी गाउँपालिका ६ नाइँचे गाउँ नजिकै गुडिरहेको टिपरमाथि ढुंगा खस्दा चिनियाँ चालकको मृत्यु भएको हो।

निर्माणाधीन न्यादी जलविद्युत आयोजनामा कार्यरत ३४ वर्षीय चिनियाँ चालक लु झियाङको टिपरमाथि ढुंगा खस्दा मृत्यु भएको हो। उनीसँगै रहेका चिनियाँ इन्जिनियर ३० वर्षीय हु बाओची घाइते भएका छन्।

चिनियाँ कम्पीनी जियाङ हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन एन्ड इन्स्टलेशन कम्पनी लिमिटेडले ङादीखोलामा ३० मेगावाटको न्यादी जलविद्युत आयोजनाको निर्माण गरिरहेको छ ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी गंगाबहादुर थापाका अनुसार बिहान साढे ६ बजे आयोजनाको विद्युत गृहबाट ड्यामसाइडमा जाँदै गरेको बा २ क ७१९८ नम्बरको टिपरमा माथिबाट आएको ढुंगाले लागेर टिपर दुर्घटनामा परेको थियो ।

गम्भीर घाइते चालक झियाङलाई लमजुङ मोडेल अस्प्ताल ल्याइपुर्‍याउँदा साढे ८ बजेतिर डाक्टरले मृत घोषणा गरेका थिए ।

घाइते इन्जिनियर हु बाउओची लाई काठमाडौं लैजाने तयारी छ।

Related Articles

Back to top button
Close