News

अरुको उ,द्दार गर्दा,गर्दै कोरोनाबाटै अ,स्ताए पु,ष्कर भट्ट !

अत्तरिया -हाँसिलो अनुहार सबैलाई भेटेपछि नमस्कार गरिहाल्ने पुष्कर भट्ट (४६ ) को मुस्कान अब देखिने छैन । उनी सधैंको लागी अस्ताएका छन् ।बिहानै उनी सबैलाई हरेक दिन सामाजिक सन्जाल मार्फत शुभ बिहानी भनेर केही न केही आफ्ना साथीभाईहरुलाई मेसेज पठाउने गर्दथे । तर अब त्यस्तो मेसेज तपाईंहरको मोबाइलमा कहिले पनि आउने छैन ।

किनकी त्यो मेसेज पठाउने पुष्कर सधैंको लागी अस्ताएका छन् । गोदावरी नगरपालिका १ का बासिन्दा भट्ट लामो समय देखी यातायात मजदुर रहे । ७ भाई मध्यका उनी सबै भन्दा जेठा भाई हुन । उनका दुई छोरा र १ छोरी रहेका छन् । उनी प्राय सबै सँग मिलनशार ब्यबहार गर्ने गरेको उनी निकट काम गरेकाहरुले बताएका छन् । उनी यातायात मजदुर हुँदै यातायात मालिक समेत बनेका थिए ।

भट्ट नेकपा गोदावरी नगरकमिटीका सदस्य पनि हुन । यातायात क्षेत्रमा प्राय परिचित भट्ट परिवार निकै मिहेनेत गरेर यँहा सम्म पुगेको उनका साथीहरुले बताएका छन् । भारतमा लकडाउन खुकुलो भए सँगै नेपाल आएकाहरुलाई सिमा क्षेत्रबाट उनले आफ्नो गाडीमा उद्दार गरेका थिए । सिमा क्षेत्र र देहरादुनबाट समेत समेत उनले आफ्नो गाडीमा नेपालीहरुलाई बोकेका थिए।

भारतबाट आएका नेपालीहरुलाई आफ्नो बसमा राखेर बिभिन्न स्थानमा पु¥याउने क्रममा उनी संक्रमित भएको हुन सक्ने अनुमान गरिएको छ। उनी कहिले आफै बस चलाउथे भने कहिले बसको क्याविनमा चालकसंगै बस्थे । त्यही क्रममा उनी संक्रमित भएको बताईएको छ ।

कोरोनाको लक्षण देखिएपछि उनी शुरुमा माया मेट्रो अस्पतालको इमर्जेन्सीमा पुगेका थिए त्यँहा सामान्य उपचारपछि घर फर्केका थिए । उनी संक्र मणले च्यापेपछि नवजीवन अस्पतालमा भर्ना भए ।

नवजीवनको आईसियुमा उपचारका क्रममा कोरोना सं,क्रमणको पुष्टि भएपछि उनलाई शनिवार राति उपचारका लागि सेती प्रादेशिक अस्पताल पु¥याईएको थियो ।सेती प्रादेशिक अस्पतालकै भेन्टिलेटरमा उपचारका क्रममा उनको बुधबार साँझ ७ बजेर ५२ मिनेटमा मृ,त्यु भएको हो ।

नेकपा प्रदेश कमीटीका एक सदस्यका अनुसार उनलाई काठमाण्डौ लैजाने तयारी हुँदै थियो तर मौसमले साथ दिएन । उनको निधनको खबरले अत्तरिया क्षेत्रका ब्यबसायीहरु स्त,ब्ध भएका छन् ।

उनिहरुले सामाजिक सन्जाल मार्फत श्रद्धा,न्जली ब्यक्त गरेका छन् ।

Related Articles

Back to top button
Close