News

आमासँगै आठ महिने शिशुमा पनि कोरोना संक्रमण पुष्टि

विराटनगर । विराटनगरमा आठ महिने शिशुमा कोरोना संक्रमण पुष्टि भएको छ । आमामा संक्रमण देखिएपछि परीक्षण गर्दा ८ महिने शिशुमा पनि कोरोना पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा परीक्षण गर्दा बच्चाको पनि रिपोर्ट पोजेटिभ देखिएको हो । संक्रमित आमा छोरालाई विराटनगरको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा पठाएको छ ।

आमा छोरामा कोरोना पोजेटिभ देखिएपछि कन्ट्याक ट्रेसिङ को काम आजबाट गर्ने बताइएको छ । यो सँगै विराटनगरमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ४२० पुगेको छ ।

शुक्रबार बिहानै गण्डकीमा थपिए २४ जना कोरोना संक्रमित, बाग्लुङका मात्रै १४ जना

पोखरा – गण्डकी प्रदेशमा एकाबिहानै थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सकं्रमित हुनेमा बाग्लुङका १४, ल्कोट नगरपालिका र काठेखोला गाउँपालिकामा मात्रै ६र६ जना, नवलपरासी पूर्वमा २, कास्की ६ र स्याङ्जामा २ जना रहेका छन् ।

गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालय एकाबिहानै थप २४ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको छ । हिजो मात्र देशभर ६७१ जनामा कोरोना पुष्टि भएको थियो भने २१ जना निको भएर घर फर्किएका थिए ।संक्रमितमा ८० महिला र ५९१ जना पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबारको नियमित प्रेस ब्रिफिङमा जानकारी दिएको छ ।

  1. संक्रमितमा भक्तपुर,डडलधुरा, कैलाली, कपिलबस्तु, काठमाडौं, नुवाकोट, रौतहट, रुपन्देही, सर्लाही, सिन्धुपाल्चोक, ललितपुर र महोत्तरी, सिन्धुली, पर्वत, चितवन, धनुषा, बागलुङ, मनाङ, नवलपरासी पूर्व, स्यांजालगायतका जिल्लाका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।यस्तै बिहीबारसम्म ११८६ जनाले कोरोना जितेको पनि मन्त्रालयले जानकारी दिएको हो ।

Related Articles

Back to top button
Close