News

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रबार बिहानमात्र उनको स्वाब संकलन गरिएको छ।

गुल्मीमा होम क्वारेन्टिनमा बसेका ६९ वर्षीय एक पुरूषको बिहीबार राति मृत्यु भएको छ।

१३ दिन पहिले मुम्बईबाट आएका उनलाई प्यारालाइसिसको समस्या रहेको गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्थले जानकारी दिए।

भारतबाट आएको भए पनि प्यारालाइसिसको बिरामी भएकोले उनलाई घरपरिवारले रेखदेख गर्ने गरी गाउँपालिका वडा नम्बर ५ मैनडाँडामा रहेको घरमै सुरक्षित रूपमा राखिएको पन्थले जानकारी दिए।

आरडिटी परीक्षणमा कोरोना पोजेटिभ देखिएको भए पनि पिसिआर परीक्षणको लागि भने शुक्रबार बिहानमात्र उनको स्वाब संकलन गरिएको छ।

स्वाब भैरहवा पठाएर परीक्षण गरी रिपोर्ट आउन समय लाग्ने भएकोले उनको शवलाई नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको पन्थले जानकारी दिए।

Related Articles

Back to top button
Close