News

चीन-भारत सीमा विवादमा अमेरिकी चासो, तर ‘मध्यस्तता गर्ने योजना छैन

वासिंटन : अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीन र भारतबीचको सीमा विवादको मध्यस्तता गर्ने कुनै औपचारिक योजना नरहेको जनाएका छन् ।

ह्वाइट हाउसका प्रवक्ता क्याले म्याकएननीका अनुसार चीन र भारतबीच उत्पन्न अवस्थाप्रति राष्ट्रपति ट्रम्प सचेत भएको र निगरानी गरिरहेका छन् । सीमा क्षेत्रमा मारिएकका भारतीय सैनिकहरुप्रति अमेरिकाले श्रद्धाञ्जली अर्पण पनि गरेको छ । दुई दिनअघि लद्दाखको गलवान क्षेत्रमा चीन र भारतका सेनाहरुबीच भीडन्त हुँदा २० भारतीय सैनिक मारिएको बताइएको छ ।
१९७५ मा पनि दुई देशका सेना सोही विवादित क्षेत्रलाई लिएर भीडन्त गरेका थिए । त्यस क्रममा दुबै तर्फका सेनाहरुको मृत्यु भएको थियो ।

दुई महिना अघि नै गलवान उपत्याकामा दुई देशका सेनाहरु भीडन्त गर्न थालेपछि अमेरिकाले चासो देखाउँदै विवाद समाधानका लागि मध्यस्तता गर्ने जनाएको थियो ।
पछिल्लो समय सिमानामा हिंसात्मक झडप भएपछि अमेरिकाले यसबारे कुनै औपचारिक योजना नबनाएको तर चासो देखाइरहेको बताइन्छ ।

Related Articles

Back to top button
Close