News

हेटौडाकी सुष्मा थापाको मृत्यु प्रकरणमा काँग्रेस सांसद संग्रौलाद्वारा छानबिनको माग खबर ब्रेक संवाददाता खबर ब्रेक संवाददाता

असार ५ – नेपाली काँग्रेसकी सांसद डा. डिला संग्रौलाले हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर ४ गर्दोई  कि सुष्मा थापाको यहि असार २ गते घरमा नै क्षतविक्षत अवस्थामा शव भेटिएको खबरले स्तभ्ध भएको भन्दै सत्यतथ्य छानबिन गरेर यथार्थ बाहिर ल्याउन सरकार समक्ष माग गरेकी छन् ।

सामाजिक संजालमा टिप्पणी गर्दै सांसद संग्रौलाले करिब ६ महिना अगाडि मात्रै सवारी दुर्घटनामा पति गुमाएर एकल बन्न पुगेकी थापाको हत्याको आशंका भएकोले सत्यतथ्य पत्ता लगाई यथार्थ कुरा बाहिर ल्याउन सरकारसँग माग गरेकी छन् । उनले तत्काल अनुसन्धानको प्रक्रिया थालनी गरेर पिडित परिवारलाई न्याय दिन माग गरेकी छन् ।

उनले भनेकी छन् ‘ हेटौंडा उपमहानगरपालिकामा वडा नम्बर ४ कि सुष्मा थापाको यही मिति २०७७ साल असार २ गते घरमा नै क्षतबिक्षत अवस्थामा शव फेला खबरले स्तब्ध बनाएको छ । करिब ६ महिना अगाडि मात्रै सवारी दुर्घटनामा पति गुमाएर एकल बन्न पुगेकी थापाको हत्याको आशंका समेत गरिएको हुनाले सत्यतथ्य पत्ता लगाइ यथार्थ कुरा बाहिर ल्याउन सरकारसंग माग गर्दछु ।यसघटनामा सम्बद्ध पक्ष को ध्यान जान जरुरी छ। तत्काल अनुशन्धान प्रक्रिया थालनी गरियोस् पिडित परिवारको न्याय को सम्पुर्ण न्यायप्रेमी नागरिक एकजुट भइ पिडित को पक्षमा उभिन हार्दिक अनुरोध गर्दछु ।’

कपिलवस्तुको बाणगंगा-८ माइतिघर भएकी सुष्मा मंगलबार बिहान घरमै मृत अवस्थामा भेटिएकी थिइन् ।

प्रहरीले अनुसन्धानका लागि बिहिबार सुस्मिताका ससुरा र नन्दलाई नियन्त्रणमा लिएको छ । घरमै रहेका ससुरा र नन्दले घटनाबारे थाहा नभएको भनिए पनि सुस्मिताको शव भन्छामा विभत्स अवस्थामा भेटिनुले हत्या भएको आशंकामा प्रहरीले अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी श्रोतले जनाएको छ ।

Related Articles

Back to top button
Close