News

काठमाडौंवाट गएर क्वारेन्टिनमा बसेका युवकको घर पुगेकै दिन निधन वर्दिया, ५ असार । बर्दियामा क्वारेन्टिनवाट घर पठाइएको एक युवकको निधन भएको छ । वर्दियाको बारबर्दिया नगरपालिका-३ म…..

वर्दिया, ५ असार । बर्दियामा क्वारेन्टिनवाट घर पठाइएको एक युवकको निधन भएको छ । वर्दियाको बारबर्दिया नगरपालिका-३ मा रहेको क्वरेण्टीनबाट घर गएका एक युवकको ज्यान गएको छ । उनी काठमाडौंवाट नेपालगन्ज हुँदै वर्दिया पुगेका थिए । त्यहाँ स्थित क्वारेन्टिनमा १४ दिन बसेपछि उनलाई घर पठाइएको थियो । घर पठाउनु अघि गरिएको प्रारम्भिक जाँचमा उनको रिपोर्ट नेगेटिभ आएको थियो ।

आरडीटी रिपोर्ट नेगेटिभ आएपछि क्वरेण्टीनबाट घर पठाइएका ३५ वर्षीय युवकको उपचारका लागि बर्दिया अस्पताल गुलरिया लैजाने क्रममा बाटोमै ज्यान गएको जिल्ला प्रशासन कार्यालय वर्दियाले जनाएको छ । घर फर्किएकै दिन बिहीबार राति छाती दुखेर श्वास फेर्न कठिन भएपछि युवकलाई उपचारका लागि जिल्ला अस्पताल गुलरिया लैजान लागिएको थियो । ​

बर्दियाका प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले मृतकको स्वाब परीक्षणका लागि भेरी अस्पताल नेपालगञ्ज पठाइएको जानकारी दिए । स्वाब परीक्षण रिपोर्ट बेलुकासम्म आउने र परीक्षण रिपोर्ट आएपछि मात्र शव व्यवस्थापन गरिने जानकारी प्रजिअले दिए ।

Related Articles

Back to top button
Close