News

यो महिना अति राम्राे छ ६ राशिको भाग, हेर्नुहोस् असार महिनाको राशिफल

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ.)

मेष राशिका लागि असार महिना कुनै पक्षमा लाभ त कुनै पक्षमा क्षतिखति हुनसक्ने देखिएको छ । वाणी एवं समय र अवसरको सदुपयोग गर्नाले मान्छेको मन जित्न र पेशाबाट आर्थिक लाभ गर्नसकिने छ । पुरुषार्थ तथा शारीरिक जोश जाँगर बढेर आउने छ । तर, विपरित आहार एवं अहं गर्नाले पछुतो हुनसक्ने छ । कर्मयोगलाई महत्त्व दिनाले रोकिएर रहेका कामलाई अघि बढाउन भने सकिने छ । मेहनत एवं परिश्रमबाट गरिने कार्य सम्पादन हुनसक्ने छ । प्रयत्नले व्यापार–व्यवसायमा सुधार ल्याउन सकिने छ ।

केही महत्त्वपूर्ण काममा सफलता हात पार्नसकिने छ भने आवश्यकभन्दा बढी फुर्तिफार्ती हुँदा मुल्याङ्कनमा ह्रास आउनसक्ने भय छ । धनसंपति हराउने वा चोरी हुने डर देखिएको छ । तपाईको हातबाट मालसमान टुट्फुट् हुने योग छ ख्याल गर्नुहोला । स्वास्थ्यमा पित्तविकार, ज्वरो, चोटपटकको भय छ । यात्रादि र आहारविहारमा ध्यान पुर्याउनु होला । शत्रु बढ्नसक्ने योग भएकोले विपक्षिसँग बचेर काम गर्नु होला । र पनि इष्टमित्रबाट केही साथ सहयोग मिल्ने छ । सात्विक आहार विहारमा रहनाले विद्यार्थीले अध्ययन बढाउन सकिने छ । मेष राशिका व्यक्तिहरुले यो महिना भगवान गुरुगणपति, भगवान लक्ष्मीनारायण र महावीर हनुमानको श्रद्धाभक्ति तथा दर्शन गर्नु शुभकर हुनेछ ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो.)

वृष राशि हुने व्यक्तिका लागि यो महिना तपाईका लागि केही सुधारोन्मुख रहेको छ । केही पक्षमा तनाब र केही पक्ष अनुकूल पनि रहने छ । उद्योग व्यापार व्यवसाय तथा पेशागत कर्मक्षेत्रमा ठिकठिकै सुधार आउने छ । विद्यार्थीहरुले भने अध्ययनलाई अल्ली महत्त्व दिनुपर्ने छ । सामान्यतया केही सञ्चित धनको खर्च हुनेछ भने अर्को तर्फबाट आम्दानी हुनेछ । राजसी र उन्मादी मानसिकताले शारीरिक पुरुषार्थ खेलकुद आदि भौतिक प्रतिस्पर्धाजन्य कार्यमा सफलता मिल्नेछ।

स्वास्थ्यमा पाचनक्रिया एवं स्नायु समस्या देखिनसक्ने छ । आहारविहारमा ध्यान दिनु उचित हुनेछ । बोलीव्यवहारमा हतार नगरेकै राम्रो हुनेछ । कर्मयोगीहरुले समयको बढी फाइदा उठाउन सकिने छ । वृष राशि हुनेहरुका लागि यो महिनामा भगवान सूर्य नारायण, महावीर हनुमान र भैरवदेवको दर्शन भक्ति स्तुति एवं उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक विधिले सूर्य, शनि र राहु एवं केतु ग्रहको ग्रह उपचारका उपायहरु अवलम्बन गर्नु शुभदायक हुनेछ ।

मिथुन (का.कि.कु.घ.ङ.छ.के.को.ह.)

मिथुन राशिका लागि यो महिना केही पक्षमा अल्लि अस्तव्यस्त रहनसक्ने देखिएको छ । र पनि कर्मक्षेत्रबाट केही उपलब्धि एवं व्यवसायिक लाभ । उद्यम व्यवसाय तथा पेशाको क्षेत्रमा सामान्य मन्दी दीर्घकालीन कार्यको योजना बन्नसक्ने छ। सञ्चित धन खर्च साथ सहयोग जुट्नाले समस्या सुल्झाउन सकिने छ । टाढिएको दाम्पत्य तथा प्रेमसम्बन्ध नजिकिने छ । विपरित लिङ्गीको साथले काम बनाउन सकिने छ । व्यापारकर्म केहीहद्सम्म फस्टाउने छ । यात्राको संभावना पनि रहने छ । घरडेरासँग सम्बन्धित समस्या आईपर्नसक्ने छ ।

खाइपाई आएको सेवासुविधा तथा पदप्रतिष्ठा माथि हस्तक्षेप हुनसक्ने भय छ, सतर्क रहनु पर्ला । बठ्याई बुद्धिले ईज्जतप्रतिष्ठामा ह्रास आउने र पछि पछुतो हुनेछ । पित्तविकार, चोट तथा हृदय रोग एवं श्वास प्रश्वास र ज्वरो आदिको भय देखिएको छ । राजनीति, समाजसेवा जस्ता कार्यमा केही आलोचनाको सामना गर्नपर्ने छ । हिम्मत नहार्ने र तनाबलाई घटाउने तथा बोलीव्यवहारमा सजगता अप्नाउनाले प्रतिष्ठालाई उचो नै राख्नसकिने छ । यो महिनामा मिथुन राशिका व्यक्तिले भगवान सूर्यनारायण, सिद्धिविनायक श्री गणेश, भगवान महावीर हनुमान र भैरवदेवको आराधना गर्नु हितप्रद हुनेछ ।

कर्कट (हि.हु.हे.हो.डा.डि.डु.डे.डो.)

कर्कट राशिका लागि यो महिना संघर्षकर रहेको छ । र पनि बढी मेहनतले केही उपलब्धि एवं सफलता मिल्ने छ । तथापि बढी चाहना गरेको अथवा योजना भन्दा बाहिरको काम बनेर आकस्मिक लाभ पनि मिल्नेछ । केहीहद्सम्म व्यापार व्यवसाय फस्टाउने छ । दिदीबहिनी तथा मातृशक्तिको सहयोगले काम बनाउन मद्दत मिल्ने छ । खर्च गर्नपर्ने स्थिति सृजना हुने र सञ्चित धनको व्यय हुनेछ । मनमा भयत्रास सृजना हुने, घरायसी समस्या थपिने, साथीभाई इष्टमित्रसँग पनि वैरभाव हुनसक्ने जस्ता संकेतहरू पनि देखिएका छन् । ज्वरो, पित्तविकार, चोटपटक आदिको भय छ ।

यो पनि पढ्नुहोस् :   नेपालमा एकैदिन थपिए ५८६ जना नयाँ संक्रमित, कुन जिल्लामा कति ?

मालसमान हराउनसक्ने छ । धर्मिक आस्थामा कमि आउनसक्ने छ भने भातृकलह वा कष्टको संभावना छ, व्यवहारिकतामा ध्यान दिनु उचित हुनेछ । आँटसाहस बढाउने र उन्माद्लाई संयम गर्ने गर्नु बुद्धिमानी हुनेछ भने तनाब लिनुभन्दा बुद्धिले कामलिनु उचित हुनेछ । विशेष कार्यमा धैर्यपूर्वक निर्णय लिनु होला । यो महिना कर्कट राशिको लागि गुरुगणपति, भगवान सूर्यनारायणको साथमा लक्ष्मीनारायण एवं भैरवदेवको दर्शन भक्ति एवं स्तुति उपाशना वा आफ्नो कुलधर्म संस्कृति अनुसार सात्त्विक हिसाबले सूर्य, मङ्गल, बुध र राहु ग्रहको शान्तिका उपाय अवलम्बन गर्नु हितप्रद हुनेछ ।

सिंह (म.मि.मु.मे.मो.ट.टि.टु.टे)

सिंह राशिका लागि यो महिना मिश्रित देखिएको छ । केही संघर्ष एवं स्वास्थ्यमा प्रतिूलताको बाबजुत कामकार्यमा सफलता र लाभ मिल्ने छ । मेहन एवं परिश्रमले केही राम्रो उपलब्धि मिल्ने छ । परोपकार तथा सेवा सत्कार जन्य कार्यमा योगदानको अवसर मिल्नसक्ने र आत्मिक सन्तुष्टि मिल्ने छ । विद्यार्थी भाइबहिनीहरुको लागि समय केही सुधार भएको छ, अध्ययनमा समय दिनु उचित हुनेछ । घरपरिवारमा नयाँ सदस्यको आगमन हुने छ भने कुटुम्बिक सम्बन्ध पनि बढ्ने छ । कसैकसैलाई कैफियत आम्दानीतर्फ मन जानसक्ने छ जसले पछि पछुतो पर्नसक्ने छ ।

कसैको आश्वासनको मात्रै भर नपरेको राम्रो हुनेछ । अर्शरोग, रक्तश्राव, पित्तविकार, ज्वरो, चोटपटक एवं घाऊखटिरा जन्य स्वास्थ्य समस्याको भय छ, खानपिन एवं यात्रादिमा ख्यालपुर्याउनु होला । घमण्ड तथा अव्यवहारिकताले बनिसकेको काम पनि बिग्रनसक्ने गोचरयोग भएकोले जनव्यवहारमा संयमित हुनु बुद्धिमानी हुनेछ । ईष्र्या गर्नेहरु बढ्ने छन् । दाम्पत्य एवं प्रेमसम्बन्धमा टकराव सृजना हुनसक्ने भय छ भने विपरितलिङ्गीको मामलामा केही दोषारोपण व्यहोर्न पर्नसक्ने संभावना छ । सिंह राशिका व्यक्तिले यो महिना भगवान गुरु गणपति र माँ इन्द्रायणीको स्तुति आराधना गर्नाले ग्रहबाधा एवं अड्चनलाई कम गर्न मद्दत मिल्नेछ ।

कन्या (टो.प.पी.पु.ष.ण.ठ.पे.पो.)

कन्या राशिका लागि यो महिना केही अबरोधको बाबजुत व्यवसायिक उन्नति एवं सफलताप्रद छ । रोजगारीको अवसर पनि मिल्ने छ । पेशागत प्रतिष्ठा बढ्ने छ । राजनीति एवं सामाजिक भूमिका बढेर जाने छ । सांगठानिक सफलता मिल्ने छ । उद्योग धन्दा फस्टाउने छ । लौकिक वचस्व स्थापित हुनेछ । व्यवहारिकता र आफ्नो अभिष्ट कार्य तथा जिम्मेवारी एवं कर्तव्यलाई ध्यानदिनु बुद्धिमानी हुनेछ । विद्यार्थीहरुले समयको सदुपयोग गरी अध्ययनमा मेहनत बढाउनाले मात्रै प्रतिफल सन्तोषकर पाउनसकिने छ । सङ्गीत एवं कलाकर्मी र प्राविधिक पक्षले पनि समयको फाइदा उठाउन सकिने छ । स्वास्थ्यमा भने चोटपटक, घाऊखटिरा, नशा एवं स्नायू, वातरोग, ढाडकम्मरको समस्या नहोला भन्न सकिन्न।

उच्चरक्तचाप तथा हृदयका रोगीले स्वास्थ्यमा बढी ध्यान दिनु होला । यात्रादिमा पनि संयम अप्नाउन जरुरी हुनेछ । दाम्पत्य एवं प्रेमसंबन्धमा असमझदारी वा कष्टको सामना गर्नपर्ने छ । वैवाहिक दोष परेका व्यक्तिले बढी सावधानी अप्नाउनु होला । यो महिना कन्या राशिका व्यक्तिले भगवान विघ्नविनाशक गुरुगापति, संकटमोचन महावीर हनुमान, माँ बगलामुखी र भैरवदेवको श्रद्धाभक्ति गर्नु वा आफ्नो कुलधर्म संस्कृतिअनुसार सात्त्विक विधिले मङ्गल, बृहस्पति, शनि एवं राहु केतुको शान्तिको उपाय अवलम्बन गर्नु हितकर हुनेछ ।

यो पनि पढ्नुहोस् :   थप ३२ जनामा कोरोना पुष्टि, गण्डकी प्रदेशमा आजमात्रै थपिए ७४ संक्रमित

तुला (रा.री.रु.रे.रो.त.ति.तु.ते.)

तुला राशि हुनेहरूका लागि यो महिना तसै सुधार भएर आएको छ । र पनि बढी चाहना गरेका मुख्य काममा अबरोध आउनसक्ने छ । उपयुक्त ग्रहउपचारका उपाय अवलम्बन गरेर अघि बढ्नु भएमा उपलब्धि हुनेछ । दैनिकी कार्यमा आंशिक रुपमा भएपनि सफलता र उन्नति हुनेछ । व्यवसायिक प्रगति एवं पुरुषार्थ बढ्ने छ । इष्टदेव–गुरुजन तथा आस्थामा ह्रास आउनसक्ने । आफ्नो निष्ठामा अडिग रहनसक्नु हितकर हुनेछ । स्वास्थ्यमा पित्तविकार, ज्वारो आदिले दुःख दिनसक्ने आहारविहारमा ख्याल गर्नु होला ।

कामले पूर्णता नपाउँदै फुर्ति नगरेकै राम्रो हुनेछ । विद्यार्थीहरूलाई मेहनत गर्नाले उपलब्धि सन्तोषकर मिल्ने छ । भ्रमणको आलोचनाको बाबजुत सामाजिक मानमर्यादा बढ्ने छ भने राजनीतिक तथा प्रतिनिधित्त्वकारक क्षेत्रमा जिम्मेवारी थपिने छ । कृषकको लागि पनि समय अनुकूल रहने छ । पशुचौपाया आदिबाट फाइदा लिनसकिने छ । ग्रहबाधालाई कमि गर्न यो महिना तुला राशिका व्यक्तिले भगवान सूर्यनारायण र भैरवदेवको श्रद्धा भक्ति एवं उपाशना आराधना गर्नु वा आफ्नो कुलधर्म संस्कार संस्कृति अनुसार सात्त्विक विधिले सूर्य र राहु ग्रहको शान्तिका उपाय अवलम्बन गर्नु उपयुक्त हुनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.य.यी.यु.)

बृश्चिक राशिका लागि यो महिना संघर्ष एवं अबरोधको सामना गर्न पर्ने र स्वास्थ्यमा पनि केही प्रतिकूलता देखिन्छ । आहारविहारमा ख्याल पुर्याउनु हितकर हुनेछ । विपक्षि सक्रिय रहने तथा विश्वासघात र आरोप्रत्यारोपको सामना गर्नपर्ने छ । व्यापार व्यवसायमा कठिनाईको पनि सामना गर्नपर्ने छ । मानमर्दन तथा षड्यन्त्र हुनेछ ।

विपरितलिङ्गीको झमेला आइलाग्नसक्ने छ । स्वकर्ममा रत्रहने कर्मयोगीहरुको लागि सफलता मेहन एवं व्यवहारिक कुशलता अनुरुप सफलता हुने देखिन्छ । सकारात्मक सोँच एवं निस्काम कर्मयोगीको लागि महिना लाभकर रहने छ । सोँचेको भन्दा नसोँचेको काम बनेर गर्जो टर्नेछ । अध्ययनमा सफलता बढ्ने छ । यो महिना वृश्चिक राशिले भगवान सूर्यनारायण, गुरुगणपति, माँ इन्द्रायणी र भैरवदेवको दर्शनभक्ति तथा उपाशना आराधना गर्नु वा सूर्य, मङ्गल, शुक्र र राहुकेतु ग्रह शान्तिका उपायहरु अवलम्बन गर्नु उपयुक्त हुनेछ ।

धनु (ये.यो.भ.भि.भु.ध.फ.ढ.भे.)

धनु राशिका लागि यो महिना त्यति सहज देखिएको छैन । हरेक पक्षमा सावधनाी एवं संयमता अप्नाउनु बुद्धिमता हुनेछ । दैनिक पेशा तथा व्यवसायको क्षेत्रबाट सामान्य लाभ, कामकार्यमा रोकावट आउने, सद्नियतको व्यवहारमा पनि दुष्परिणाम व्यहोर्न पर्नसक्ने खतरा छ । विगतमा आफूबाट भएको दोषको सजाय मिल्नसक्ने तथा झुटो आरोप लाग्ने खतरा छ । कमिकमजोरी खोज्ने, षड्यन्त्रमा फसाउने चक्रब्यूहमा परिनसक्छ होशियारी अप्नाउनु होला । मान्यजनमा कष्टको सम्भावना छ । पैतृक संपत्तिमा किचलो आउने छ ।

आफन्ति टाढिने छन् । दाम्पत्य कष्ट तथा प्रेममा बाधा आउने र असमझदारी सृजना हुनसक्ने भय छ । राजनीति, समाजसेवा एवं संस्थागत क्षेत्र र कार्यक्षेत्रमा अपयश व्यहोर्न पर्ने छ । आकस्मिक यात्राको संभावना छ । स्वास्थ्यमा ज्वरो तथा मौसमि समस्याले असर गर्नसक्ने छ । खानपान एवं जनव्यवहारमा सावधानी अप्नाएर अघि बढ्नु बुद्धिमानी हुनेछ । धैर्यता र निस्काम कर्मयोगलाई बढी प्रस्रय दिनु हितप्रद हुनेछ । धनु राशिका व्यक्तिले यो महिना प्रतिकूल ग्रहगोचरको निवारणको लागि इष्टदेवको साधनाको साथमा भगवान् सूर्यनारायण, विघ्नविनाशक गुरुगणपति, पवनपुत्र हनुमान, भगवान लक्ष्मीनारायण, माँ इन्द्रायणी र भैरवदेवको दर्शनभक्ति, स्तुति उपाशना गर्नु हितकर हुनेछ ।

मकर (भो.ज.जी.जु.जे.जो.ख.खि.खु.खे.खो.ग.गी.)

मकर राशिका लागि यो महिना संघर्ष एवं बाधा अड्चनका बाबजुत केही पक्षमा अनुकूल रहेको छ । अल्पकालीन केही अधुरा कामकार्यहरुलाई पूर्णता दिन सकिने छ । केही अनुकूलता हुँदाहुँदै पनि व्यक्तित्त्व एवं कर्मक्षेत्रको प्रतिष्ठा बचाउन निकै व्यवहारिकता र संयमको जरुरी छ। शारीरिक फुर्ति बढेर आउने छ । पुरुषार्थ गर्नसकिने छ । खेलकुद आदि शारीरिक प्रतिस्पर्धाजन्य काममा सफललता मिल्नेछ । उद्योग व्यवसाय फस्टाउने छ । मान र सान एवं विजय तथा ईज्जत प्रतिष्ठा बढाउनसकिने छ । राजनीति, समाजसेवा तथा सांगठानिक कार्यमा पदप्रतिष्ठा मिल्ने छ ।

यो पनि पढ्नुहोस् :   यो साता निकै राम्रो छ यी ९ राशिको भाग्य, असार ६-१२ गतेसम्मको साप्ताहिक राशिफल

पेशा तथा जागिरमा मुल्याङ्कन बढ्ने छ । समय एवं गोचरले दिएको अवसरको सदुपयोग गरी उपलब्धि हासिल गर्नु तपाईको लागि बुद्धिमानी हुनेछ । हातमा चोट, घाँटी छातीमा समस्या पर्नसक्ने छ भने दाजुभाइमा कष्ट वा विवाद सृजना हुनसक्ने संभावना छ । सञ्चित धन खर्च । ज्ञानकारक ग्रह विपरित हुँदै गएकोले विद्यार्थीले अध्ययनलाई बढी ध्यान पुर्याउन जरुरी देखिन्छ । मकर राशिको लागि यो महिनामा भगवान पवनपुत्र हनुमानजी माँ बगलामुखी र श्रीभैरवजीको स्तुति व्रत उपाशना तथा दर्शनभक्ति गर्नु शुभदायक हुनेछ ।

कुम्भ (गु.गे.गो.स.सी.सु.से.सो.द.)

कुम्भ राशि हुने व्यक्तिहरूका लागि यो महिना आंशिक सुधार हुने देखिन्छ । तापनि विशेष महत्त्वपूर्ण ठानिएका कामहरु सम्पन्न हुन कठिन छ । सामान्य दैनिकी कामकार्यहरुबाट भने केही उपलब्धि मिल्नेछ । व्यवसायिक समस्या परेपनि पारिवारिक एकता एवं सहमतिबाट विशेष कठिनाईलाई निवारण गर्नसकिने छ । साथ संगी एवं इष्टमित्रबाट साथसहयोग र भरोसा मिल्ने छ । जागिर, पेशा, व्यवसाय आदिमा तसै सुधार आउने र सकारात्मक प्रभाव देखिने छ । पठनपाठनमा बढी ध्यानदिन सकेमात्रै विद्यार्थीले अध्ययनमा प्रगति गर्न सकिने छ ।

वाणी दोषको योग परिेकोले तपाईले बोलेको कुराले कसैको मन दुखाउने सम्भावना रहन्छ । घमण्डलाई संयम गर्नुपर्ला भने यात्रामा चनाखो हुन जरुरी पर्नेछ । आहारविहारमा सात्त्विकताको अभ्यास गर्नु हितकर हुनेछ । चोटपटक, घाउखटिरा, ज्वरो, शिरशूल, पिनास, नाककानघाँटीको समस्या जस्ता रोगविमारको सम्भावना छ । उच्चरक्तचाप, मधुमेह जस्ता दीर्घरोगीले पनि विशेष सावधानी अप्नाउनु होला । नीति तथा सिद्धान्तगत दोष पर्नसक्ने भएकोले राजनीतिमा अपयशको सामना गर्नपर्ने छ । वहस एवं तर्कजन्य सवालमा अड्कलेर व्यवहार गर्नुहोला । यो महिनामा कुम्भ राशिका व्यक्तिले भगवान गुरुगणपति एवं भगवान सूर्यनारायणको स्तुति उपाशना तथा श्रद्धाभक्ति गर्नु शुभदायक हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची.)

मीन राशि हुनेहरूका लागि यो महिना बढी सावधानी अप्नाउन पर्नेछ । अन्यथा गोचरग्रहको विपरित स्थितिले क्षतिखति दिनेछ । स्वजनमा रोगशोक पर्ने, मानसिक तनाव व्यहोर्नपर्ने छ भने कानूनि समस्या नआउला भन्नसकिन्न । तथापि सत्नियतमा रहनेहरुको लागि होस् भनेको काममा अबरोध भएपनि नसोचिएको काम बनेर अप्रत्यासित लाभ हुनसक्ने छ । रपनि कामकार्यमा अनायाशै अवरोध आइपर्न सक्ने कुरालाई नकार्न सकिन्न । थोरै उपलब्धिको लागि बढी मेहनत गर्नुपर्ने छ । चोटपटक घाऊखटिरा लगायतका स्वास्थ्य समस्या । रक्तचाप बढ्नसक्ने छ।

दीर्घरोगीहरुले स्वास्थ्यको बढी ख्याल पुर्याउनु जरुरी छ । विद्यार्थीले अध्ययन बढाउन सात्त्विक आहार गर्नु उचित हुनेछ । संघर्षको वापजुत कला तथा शिपसँग सम्बन्धित कार्यमा सफलता मिल्ने छ । मान–मर्यादामा आँच आउने, पारिवारिक समस्या थपिने र सहमति निकाल्न गाह्रो पर्र्नेेछ । कमजोरी खोज्नेहरू सल्बलाउने छन् । झुटो आरोप लाग्ने र प्रतिष्ठामा आँच आउने भय छ । सत्मा रहने र आफ्नो सिद्धान्तबाट विचलित नहुनाले अन्तिममा सफाई मिल्ने छ । विश्वासघात जस्तो परेपनि क्रमशः परिस्थितिमा परिवर्तन आई सुधारको वातावरण बन्नेछ । यो महिना तपाईँलाई भगवान गुरुगणपति, सूर्यनारायण र भैरवदेवको उपाशना गर्नु एवं दीनदुःखी असहाय वर्गलाई दान वा सहयोग गर्नु शुभ एवं पुण्यदायक हुनेछ ।

Related Articles

Back to top button
Close