News

चीनबाट कोरोना जितेर आएका डाक्टर भन्छन्ः यसो गरे १०० प्रतिशत कोरोनाबाट बच्न सकिन्छ !

शुक्रबार अपराह्न भैँसेपाटीमा उहाँको निवास पुग्दा डा. राजिव झा चिनियाँ सरकारका प्रतिनिधि, प्राध्यापक र चिकित्सकहरुबाट बधाइ ग्रहण गरिरहेका थिए । उनको वीच्याट अकाउन्टमा निरन्तर फोनको घण्टी बजिरहेपछि हामीले केहीबेर कुर्‍यौँ ।

उनले कोरोनाकै विषयमा अनुसन्धान गर्न चीनको केन्द्र र प्रान्तीय सरकारबाट आठ लाख आरएमबी (चिनियाँ पैसा) अनुदान पाएका रहेछन ।एक करोड ३२ लाखभन्दा बढी रुपैयाँ हुने त्यो रकम प्राप्त गरेको खबर भर्खरै चिनियाँ साथीहरुबाट पाएका प्रा.डा. झा पनि खुसी देखिनुहुन्थ्यो । ‘सरी है, चीनबाट साथीहरुको निरन्तर फोन आएकाले तपाईँहरुलाई कुराएँ’, प्रा.डा. झा कुराकानीका लागि अब तयार भए । हामीलाई पनि जिज्ञासा भयो कोरोना विषयमा नै जान्ने ।

किनभने अहिले संसारका मानिसले सबैभन्दा धेरै खोजी गरेको र सुन्न चाहेको विषय कोरोनाबाट कसरी बच्ने भन्ने नै होला सायद । हामीले पनि यहीँबाट वार्ता सुरु गर्‍यौँ– तपाईँले प्राप्त गर्नुभएको अनुदान कस्तो हो ? यसबाट के गर्ने हो ?

औषधिलाई कोरोनाको थेरापीका रुपमा कसरी प्रयोग गर्ने भन्ने विषयको अनुसन्धान रहेछ । आफ्नो मोबाइल फोन सेटमा अनुसन्धानसार ९एब्स्ट्र्याक्ट० देखाउँदै भने, ‘यो एउटा ‘सिजनल ग्र्यान्ट’ हो र यतिखेर चीनले यस्ता अनुदानहरुलाई कोरोनाको विषयमा विशेष अनुसन्धान गर्ने गरी केन्द्रित गरेका छन् ।’

मैले पनि कोरोना भाइरसका लागि औषधिलाई कसरी थेरापीमा प्रयोग गर्ने भन्ने विषयमा अनुसन्धान गर्ने हो, यो वर्ष दिनमा सक्नुपर्छ ।’ यो अनुदानको शीर्षक ‘सेन्ट्रल गभर्मेन्ट रिसर्च फण्ड फर कोरोना’ रहेछ । केन्द्र सरकारले आठ र सियान प्रान्तीय सरकारले आठ लाख आरएमबी उनलाई प्रदान गरेको रहेछ ।

यो अनुसन्धानबाट पनि कोरोना भाइरसको नियन्त्रणमा प्रयोग हुने एक प्रकारको औषधिकै विकासमा सहयोग पुग्दछ ।तीन महिना पहिलेको ‘कोभिड–१९’ को मुहान मानिने वुहान शहर अहिले भने सामान्य जीवनमा फर्किसकेको छ । मेट्रो रेल तथा बस चल्न थालेका छन् । मानिसहरु सामान्य अवस्थामा फर्केका छन् ।

कलकारखाना, होटल, रेस्टुरेन्ट नियमित जस्तै भइसकेका छन् । चिनियाँले यति चाँडै वुहानलाई यस्तो सामान्य अवस्थामा ल्याइसकेको छ । अझ आफ्ना केन्द्र तथा प्रान्तीय सरकारका अनुसन्धान कोषहरुलाई यति चाँडै ‘कोरोना अनुसन्धान कोष’ मा परिणत गरेर अनुसन्धानदाता र वैज्ञानिकलाई अनुदान दिन थालिसकेकोले आउँदा दिनमा चिनियाँहरु कोरोनाको विषयको अनुसन्धानलाई कसरी अघि बढाउलान् भन्ने अनुमान सहजै गर्न सकिन्छ ।

यसबाट हामीले पनि केही सिक्न सकिएला भनेर उनले प्राप्त गरेको यो व्यक्तिगत अनुसन्धानवृत्तिको विषयमा बताइदिन अनुरोध गर्‍यौँ र यहाँ प्रस्तुत गरेका हौँ । तीन हजारभन्दा बढी नागरिकको ज्यान लिएको कोरोना भाइरस घरेलु रुपमा नियन्त्रणमा लिएपछि चीन यतिखेर संसारलाई सहयोग गर्दैछ ।

वुहान सुस्ताएर दुई महिनापछि उठ्दा कोरोनाको ‘इपिसेन्टर’ अहिले अमेरिका बनेको छ । यो समाचार तयार पार्दासम्म यो प्राणघातक भाइरसले अमेरिकामा मात्र ८ हजारभन्दा बढीको ज्यान लिइसकेको छ र दुई लाखभन्दा बढी सङ्क्रमित भएका छन् । स्पेन, इटली चरम सङ्कटमा छन् । छिमेकी देश भारतमा समेत कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएको छ ।

प्राध्यापक डा. राजिवकुमार झा चीनको सियानमा बस्छन । २२ वर्षदेखि चीनमा रहेका उनी मेडिकल प्राध्यापक, चिकित्सक र युवा वैज्ञानिक पनि हुनुहुन्छ ।

कोरोना भाइरस विश्वव्यापी रुपमा भयावह बन्दै गएको सन्दर्भमा चीनको सियान विश्वविद्यालयका अनुसन्धानदाता प्राध्यापक झालाई पछ्याउँदै हामी पनि उनको निवास भैँसेपाटी पुगेका थियौँ । कोरोनाको विश्वव्यापी महामारीको पछिल्लो अपडेट लिइरहेका प्राध्यापक झालाई उनको विद्यावारिधी ९पीएचडी० विद्यार्थीको फोन आयो र भन्दै थिए– पछिल्ला दिन चीनमा नयाँ सङ्क्रमित थपिएका छैनन्, हिजो त एक जनाको पनि मृत्यु भएन ।

उहनको निर्देशनमा केही चिनियाँ र अन्य देशका शोधार्थीले मेडिकल विषयमा विद्यावारिधि गरिरहेका छन् । हाम्रो उद्देश्य भने प्रा। डा। झालाई चीनमा भएको कोरोनाको नियन्त्रण, त्यसबाट नेपालले सिक्नुपर्ने पाठ, विश्वव्यापी रुपमा त्यसले पार्ने प्रभाव र कोरोनाबाट बच्ने उपायका बारेमा उनको अनुभवमा केन्द्रित रहेर कुरा गर्नु थियो ।

विगत करिब २२ वर्षदेखि पढ्ने र पढाउने काममा चीनमा नै व्यस्त झा चाइना नेपाल मेडिकल रिसर्च सेन्टरका निर्देशक समेत हुन । चीन सरकारले यो मेडिकल रिसर्च सेन्टर उनकै नाममा स्थापना गरिदिएको हो ।

सन् २०१५ मा चीन सरकारले चीनमा बस्ने विश्वका एक सय जना विशिष्ट क्षमता भएका विदेशी नागरिकको सूचीमा समेत परेका झाले चीनमा कोरोनाको उत्पत्तिदेखि अब लगभग कोरोना फ्री चीनको घोषणाको नजिक पुगेको चीनको समग्र अवस्था नियालि रहेका छन ।

सन् २०१९ बिदा हुँदै थियो । पश्चिमाहरु नयाँ वर्षको स्वागतको तयारीमा थिए । कोही क्रिस्मस मनाउँदै थिए त कोही लामो बिदा लिएर विदेश घुम्ने तयारीमा थिए । डिसेम्बरको अन्तिम हप्ता चीनबाट खबर आयो, निमोनियाको लक्षणसँग मिल्दो जुल्दो खालको नयाँ रोग देखिएको छ

डिसेम्बरको २६ र २७ तिर वुहान शहरमा २७ जना यस्ता बिरामी आए । वुहानको स्वास्थ्य विभागले सार्वजनिक सूचना नै दियो । त्यसमा भनिएको थियो– सार्सको लक्षणसँग मिल्दोजुल्दो खालका बिरामी आए, त्यसमध्ये दुई चार जना बाहेक अरु सबै निको भएर घर फर्के ।

एक हप्तापछि त्यस्ता बिरामी ४४ पुगे । अर्थात् सन् २०२० जनवरीको पहिलो हप्ता अघिल्लो हप्ताको भन्दा झण्डै दोब्बर बिरामी त्यही प्रकृतिका देखिए । जनवरीको २० सम्म कुनै नयाँ बिरामी देखिएनन् । त्यसलगत्तै चैतको खरमा आगो लागेजस्तै गरी वुहान र त्यसबाहिर पनि यो भाइरस फैलिँदै गयो ।

प्रा. डा. झा त्यस समयको चीनको अनुभव सुनाउँदै भन्छन, ‘चिनियाँ नागरिक वसन्त पर्वलाई धुमधाम मनाउने तयारीमा थिए, त्यसैले धेरै स्वदेश र विदेशबाट घर फर्कँदै थिए । चीनको द्रूत गतिको मेट्रो रेल भरिभराउ थियो । हवाई जहाजका सबै सिट भरिएका थिए । नियमितभन्दा धेरै बढी उडान भइरहेका थिए । विश्वविद्यालय, विद्यालयहरु बन्द थिए ।’

मानिसको चाप बढ्ने र आवत जावत पनि उस्तै हुने समयमा वुहानमा विस्फोट भयो । जनवरी २३ मा देखिएको महामारीको धक्काले चिनियाँको नयाँ वर्षलाई समेत अर्को वर्ष सारिदियो । उता पश्चिमाहरु भने कोरोनालाई सुरुमा ‘वुहान’ र पछि ‘चिनियाँ भाइरस’ को नाम दिन थालेका थिए । आज त्यही भाइरस संसारका दुई सय तीन देशमा पुगेको छ र अहिलेसम्म ६४ हजार नागरिकको ज्यान लिइसकेको छ ।

चिनियाँ सरकारले यो भाइरसको फैलिने दर निकै खतरनाक हुने आँकलन गर्‍यो र वुहानलाई ‘इपिसेन्टर’ मानेर वुहान, सियान, बेइजिङ मात्रै नभइ धेरै प्रान्तहरुमा लकडाउन गर्ने घोषणा गर्‍यो । यो निर्णयलाई कतिपयले अलोकप्रिय भने पनि वाध्यकारी निर्णय थियो ।

नेपालको सिमाना जोडिएको तिब्बतमा समेत एक जना बिरामी देखिएको थियो । त्यसपछि त केही देशले दूतावासका कर्मचारी लैजान चार्टर्ड उडान समेत गरे । डिसेम्बर २७ मा सिफुड बजारबाट फैलिएको कोरोनालाई जनवरीको तेस्रो हप्ता मात्रै विश्व स्वास्थ्य सङ्गठनले ‘कोभिड १९’ नाम दिएको थियो ।

वास्तवमा चीनकै मोडल अपनाएको भए अरु देशमा अहिलेको रुप नलिने उनको अनुभव छ । बाहिरका देशहरुमा असावधानी र अराकजताका कारण स्पेन, इटली र अहिले आएर अमेरिकामा यो अवस्था आयो ।

डा. झालाई हामीले बीचैमा सोध्यौँ– कसरी सफल भयो चीन कोरोनामाथिको विजय प्राप्त गर्न रु ‘मानिस मानिसबीचको सम्पर्कको कडी तोड्न चीनले गरेको प्रयास नै सबैभन्दा महत्वपूर्ण विषय थियो । लकडाउन नै त्यसको वास्तविक कारण बन्यो’, डा झाले भने, ‘रातारात अस्पताल बने, हजारौँ स्वास्थ्यकर्मी वुहान ओरालियो । घरघरमा गएर स्वास्थ्यकर्मीले नमुना परीक्षण गर्दै अस्पताल पठाउन थाले, मानिसहरु शङ्कै नलाग्दा पनि परीक्षण गर्न आए, घरमा बस्नेहरु पनि आफै बडो अनुशासित भएर क्वरेण्टीनमा बसे, यस्ता धेरै कारणहरु छन् जसले चीनलाई यति चाँडै सफल बनायो ।’

उनको अनुभवले यो बताउँछ कि– चीनको प्रविधि, जनशक्ति र सार्सको समयमा सिकेको अनुभवले पनि उनीहरु आफैमा ढुक्क थिए । महामारीसँग जुध्ने नेतृत्वको दृढ इच्छा शक्ति, उपलब्ध भौतिक सामग्री र नागरिकको समर्थन नै सफलताको कारण हो ।

चीनको वुहानमा लकडाउन गर्दा पश्चिमाहरुले मानव अधिकारको विषय उठाएको भन्दै डा। झा भन्नुहुन्छ, ‘वास्तवमा त्यो त मानव अधिकारभन्दा पनि जनताको जीवन रक्षा गर्नका लागि लिइएको कदम थियो नि होइन ? हेर्नुहोस् हाम्रो नेपालीमा पनि बडो वैज्ञानिक र पुरानो भनाइ छ नि महामारीमा ज्यान जोगाउनु भन्ने ।’

आखिर महिना दिनभन्दा बढी नै लकडाउन भयो, त्यसैले त थोरै क्षतिमै रोगमाथि विजय नै प्राप्त भयो नि होइन ? नत्र भन्नुस् त के हालत हुन्थ्यो होला आज चीनको ? अमेरिकाले पनि यही गर्नुपर्थ्यो । खुला समाजको परिचायक बन्न खोजेर मात्र हुँदैन, जुन देशको पनि पहिलो काम त आफ्ना नागरिकको ज्यान बचाउने नै हो भन्छु म त ।

अहिले युरोपेली देशका नागरिकको हालत बडो भयावह बन्दै गएको देखिन्छ । किनकि अवस्था यस्तो भयो कि महामारी दिनदिनै फैलिँदैछ तर नियन्त्रण गर्ने छेउ टुप्पो कता हो उनीहरु भेउ नै पाएका छैनन् । डाक्टर, नर्सले झण्डै हार खाने हुन् कि भन्ने खतरा देखिँदैछ ।

अब चीनले नै यस्तो अवस्थाको नियन्त्रणका लागि सहयोग गर्नुपर्छ । एअर चाइनको जहाजलाई स्वागत गर्न सर्बियाका राष्ट्रपति विमानस्थल नै पुग्नुपरेको दृश्य टेलिभिजनका पर्दामा देखिएका छन् । किनकि आफ्ना छिमेकीले साथ दिएपछि सर्बियाका राष्ट्रपतिले भावुक शैलीमा लेखेको पत्र विश्वभरका सञ्चारमाध्यममा आएको उनी बताउँछन ।

‘अहिले नेपालमा लकडाउनभन्दा प्रभावकारी उपाय अर्को केही छैन । सरकारले भनेको मानौँ, लकडाउनका बेला घरमै बसौँ, भिडभाडबाट जोगिऔँ यो भन्दा राम्रो उपाय अरु केही छैन’– झाको सुझाव छ । कम्तीमा पनि २८ दिन लकडाउन गर्न उनले सरकारलाई सुझाव दिएका छन । नेपालमा अहिलेसम्म ९ जनामा सङ्क्रमण देखिएको छ । यो ठूलो सङ्ख्या नभए पनि खतराको घण्टी बजेको अवस्था हो भनेर हामीले बुझ्नुपर्छ ।

चीन वा भारतले अवलम्बन गरेको मोडललाई अवलम्बन गरेर नागरिक आफै सचेत भए आफ्नो समाज र देशलाई जोगाउन सकिनेउनको भनाइ छ ।

प्रा। डा। झा सरकारले केही अस्पतालाई तत्कालै डेडिकेटेड अस्पतालका रुपमा घोषणा गर्नुपर्ने बताउँछन । सरकारले सशस्त्र प्रहरी बलको बलम्बुमा रहेको अस्पतालाई डेडिकेटेड अस्पताल बनाएको छ । उनको सुझाव त बानेश्वरको सिभिल अस्पताललाई पनि एक डेडिकेटेड अस्पतालका रुपमा बनाउनुपर्ने भन्ने छ ।

यो सिभिल अस्पतालमा बढीमा एक सय बेड छुट्याएर डेडिकेटेड अस्पतालका रुपमा घोषणा गरियोस् । किनभने यो सफा छ र खुला ठाउँ पनि छ । यो चिनियाँको सहयोगमा बनेको अस्पताल हो र भोलि पनि सहयोग चीनबाट आउँदा यसमा आउँछ ।

अर्को कुरा भोलि नेपालमा यो महामारी भित्रियो र चिनियाँ सहयोग नै चाहियो भने पनि उनीहरुले आफ्नो मापदण्ड अनुसार बनाएको यस अस्पतालमा आएर उनीहरुले काम गर्नेछन्, चीनलाई सजिलो पनि हुन्छ ।

‘सबैभन्दा महत्वपूर्ण विषय भनेको हामी महामारीसँग जुध्न सक्छौँ भन्ने आत्मविश्वास जरुरी छ । चिकित्सक, डाक्टर, नर्सलाई पनि मानसिक रुपमा प्रशिक्षित गर्नु आवश्यक छ । उनीहरुलाई साधन स्रोत सम्पन्न बनाउनुपर्छ’, डा झाले भने, ‘बिरामीको उपचारमा लाग्नेलाई व्यक्तिगत सुरक्षादेखि सबै खालको प्रबन्ध गरौँ । तर सबैलाई एन ९५ मास्क नै चाहिन्छ भने जसरी प्रचार पनि नगरौँ ।’

सङ्क्रमणको आशङ्का लागेकालाई क्वरेन्टीन वा आइसोलेशनमा राख्नुपर्ने, जुन कामको हाम्रोमा समेत सुरुवात भइसकेको छ । लकडाउन चलिरहेको नै छ । यस्तो बेलामा कोही कसैले पनि नकारात्मक प्रचार नगर्न उनको सुझाव छ ।

चीनमा जस्तै नागरिकको मनोबल बढाउने, मानसिक रुमपा सकारात्मक प्रभाव पार्ने खालको सूचना दिनु जरुरी छ । नागरिकको दैनिक आवश्यकता परिपूर्तिका लागि समेत विशेष ध्यान दिनुपर्नेमा उनले जोड दिए ।

क्वरेण्टीनमा बसेका कोही पनि डराउनु नपर्ने झाको सुझाव छ । उनी भन्छन, ‘तर हाम्रोमा एक खालको त्रास पैदा गरिएको छ । मनोवैज्ञानिक त्रास नै सबैभन्दा घातक विषय हो । एक सय जनामा कोरोना लागि नै हाल्यो भने पनि ८० प्रतिशत आफै निको हुन्छन् ।’

मृत्यु हुनेको सङ्ख्या त तीन प्रतिशत मात्रै रहेको देखिएको छ । सङ्क्रमित भएका व्यक्तिले अरुलाई नसारुन् भनेर ध्यान दिनु जरुरी छ । रोगसँग लड्ने प्रतिरोधी क्षमता कम भएका मानिसलाई यसले सबैभन्दा बढी प्रभाव पारेको पाइएको छ । मलाई रोगले होइन, रोगलाई मैले जित्छु भन्ने मनोबल उच्च भएका जोसुकै नागरिक १४ दिनमा निको भइहाल्छन् ।’

कोरोना समूहको आठौँ संस्करणको भाइरस भएकाले कोभिड १९ सँग जुध्न आन्तरिक रुपमा मानव तयार नभएको पनि हुनसक्छ । किनकि यो जनावर र मानिसमा भएको कमजोर भाइरस मिलेर बनेको नयाँ ठिमाहा प्रजातिको भाइरस हो । त्यसका कारण वृद्धवृद्धा, दीर्घरोगी तथा रोग प्रतिरोधी क्षमता कम भएका नागरिकलाई विशेष हेरचाहको जरुरी रहेको उनको भनाइ छ ।

‘हाम्रो बसोबास पनि एकाध शहरमा बाहेक अन्यत्र फरक फरक नै छ । सामाजिक बनोटले नै दूरी कायम गरेको छ । एउटालाई सर्‍यो भने धेरैलाई सर्दैन’, डा. झाको अनुभवमा ८० प्रतिशत कोरोना सङ्क्रमित सिटामोल नै खाएर पनि निको भएका छन् ।

मानिसहरुमा कुनै प्रकारको डरको अनुभव नै हुन दिएनन् चिनियाँले । यो सामान्य घटना हो भनेर अभ्यस्त बनाएको कारण सफल भएको सुनाउँछन उनी । ‘हामीमा आजसम्म त्यस्तो देखिएको छैन । विदेशबाट देखिएका मानिसलाई घृणा गर्ने संस्कार विकसित भएको देखिएको छ । यस्तो संस्कार शत प्रतिशत गलत हो’, डा झाले भने, ‘विदेशबाट आएका, सङ्क्रमित भएकालाई माया गरौँ, सकारात्मक सन्देश प्रवाह गरौँ, उनीहरुलाई आत्मिक रुपमा सबल बनाऔँ र प्रोत्साहन दिउँ ।’

लकडाउनको समयमा नागरिकलाई खाने, लाउने सबै प्रकारका दैनिक उपभोग्य वस्तु उपलब्ध हुन हाम्रोमा समस्या देखिएको छ । तर चीनमा त्यस्ता सामग्री उपलब्ध गराउन विद्युतीय प्रणालीको सहारा लिइयो ।

‘चिनियाँले मोबाइल एप नै बनाए । त्यसलाई सबैले आफ्नो मोबाइलमा राखे । सबैले आ– आफ्नो विवरण त्यसमा भरे । दैनिक रुपमा एपमा अपडेट नभए कोही कसैलाई पनि बाहिर जान दिइएन । हाम्रोमा त्यस्तो सम्भव नभए पनि सहज व्यवस्थापन गर्न के कस्ता उपाय अवलम्बन गर्नुपर्छ, त्यसतर्फ सरकारले ध्यान दिनुपर्छ । अनि पछिल्लो पटक विभिन्न प्रभावित देशमा नै जहाजहरु गएका छन् नि तिनीहरुलाई पनि नेपाल आएपछि क्वरेण्टीनमा राख्नुपर्ने उहाँको सुझाव छ । जस्तो कि चीनबाट विद्यार्थी ल्याएको जहाजलाई हामीले १४ दिन राख्यौँ । अहिले पनि उद्धार गरिएका नागरिकलाई, विदेश छोडेर आउने नेपाली जहाजलाई त्यसैगरी राख्नुपर्छ ।’

Related Articles

Back to top button
Close