News

केटासँग भा’गेकी १६ वर्षीया युवती फ’र्केर आएपछि, मध्यरातमा क्वा’रेन्टाइनबाटै फ’रार

सप्तरी । राजविराज नगरपालिकाको क्वारेन्टाइनबाट एक किशोरी फरार भएकी छिन् । यहाँको राजदेवी माध्यमिक विद्यालयको क्वारेन्टाइनबाट पाँच दिनअघि परीक्षणको रिपोर्ट नआउँदै एक युवकलाई घर पठाएको थियो । अहिले यही क्वारेन्टाइनबाट १६ वर्षीया किशोरी फरार भएकी हुन् । सबै जना सुतेको बेला मध्यरातमा विद्यालयको पछाडिबाट भागेको हुनसक्ने क्वारेन्टाइनका इञ्चार्ज हरिवंश यादवले जानकारी दिनुभयो ।

यादवका अनुसार क्वारेन्टाइनमा बसेकाको गन्ती गर्ने क्रममा फेला नपरेपछि मात्र कि’शोरी भागेको पत्ता लागेको हो । झ्या’लको फलामे छड बङ्ग्याएर भागेको अनुमान गर्दै जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक तिलक भारतीले कि’शोरीको खोजी गरिए पनि हालसम्म फेला नपरेको बताउनुभयो । भारतको दिल्लीबाट आएकी किशोरी जेठ २५ गतेदेखि क्वा’रेन्टाइनमा बस्दै आएकी थिइन् । गत माघ १३ गते एक युवकसँग भागेर भारतको दिल्ली गएकी किशोरीलाई उनकी आमाले बोलाएपछि राजविराज आएकी थिइन् ।

राजविराज आएपछि क्वारेन्टाइनमा बसेको १० दिनपछि भागेकी ती किशोरी जान सक्ने घर, माइत, आफन्तकहाँ खोजी गरे पनि फेला नपरेको प्रहरीले जनाएको छ । क्वारेन्टाइनमा खटिएका महिला स्वास्थ्यकर्मीका अनुसार उनी २ महिनाकी ग’र्भवती छिन् । यसअघि सो’ही क्वारे’न्टाइनबाट रिपोर्ट नआउँदै घर पुगेका राजविराज-१ का ३० वर्षीय युवकको रिपोर्ट पोजेटिभ आएपछि मङ्गलबार नियन्त्रणमा लिई राजविराज-२ स्थित सा’इकृष्णा मेडिकल कलेज एण्ड हस्पिटलको आइसोलेसन केन्द्रमा राखिएको छ । युवकको सम्पर्कमा रहेकालाई पनि क्वारे’न्टाइनमा ल्याएर राखिएको इञ्चार्ज हरिवंश यादवले बता’उनुभयो ।-रासस”

 

Related Articles

Back to top button
Close