News

मौद्रिक नीतिमा उद्योगी व्यवसायी र बैंकरको यस्तो छ सुझाव

काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीति विस्तारित (एक्स्पान्सनरी) प्रकृतिको आउनुपर्नेमा उद्योगी व्यवसायीहरुले जोड दिएका छन् ।

कर्जाको ब्याजदर घटाउने, कर्जाको पुर्नतालिकिकरण गर्ने र रिफाइनान्स गर्ने गरी विस्तारित प्रकृतिको मौद्रिक नीति आवस्यक रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

कोभिड–१९ को महामारीका कारण असर परेको अर्थतन्त्रलाई माथि उकास्न बजारमा तरलता प्रवाह बढाउन मौद्रिक नीतिमा आवश्यक प्रावधानहरु नेपाल राष्ट्र बैंकले समावेश गर्नेमा आफूहरु विश्वस्त रहेको उद्योगी व्यवसायीहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ बैंकिङ समितिका सभापति सौरभ ज्योतिले बजेटबाट उद्योगी व्यवसायीहलाई सम्बोधन हुन नसकेकाले मौद्रिक नीतिमार्फत रिलिफका प्याकेजहरु ल्याउनुपर्ने बताए ।

उनले थ्रि आर (रिड्युस, रिस्टक्चर र रिफाइनान्स)का आधारमा मौद्रिक नीति आउनुपर्नेमा जोड दिए । उनले भने, ‘बजेटबाट हामीले केही कुराहरु रिलिफ प्याकेजेजहरु उद्योग व्यवसायीहरुलाई निजी क्षेत्रलाई सम्बोधन भएन । त्यसैले हामीले मौद्रिक नीतिबाट तीनवटा कुरामा विशेष ध्यान दिइराखेका छौं । रिड्युस, रिस्टक्चर र रिफाइनान्स यो तीनवटा आरमा गएका छौं ।’

ब्याजको आधारदर घटाउने, सिआरआर घटाउने, एसएलआर घटाउने, स्प्रेड रेट घटाउने गरी मौद्रिक नीति आउनुपर्नेमा व्यवसायी ज्योतिले जोड दिदए ।

उनले सिसिडी ८० प्रतिशतबाट ८५ प्रतिशत पु¥याउने, एसएलआर १० बाट ८ प्रतिशतमा ल्याउने र अपरेटिङ कस्टमा कमि गर्न सकेमा बेस रेट घट्न सक्ने र यसले कर्जाको ब्याजदर घट्न गई बजारमा तरलता बढ्ने बताए । उनले भने, ‘रिड्युसको कुरा गर्नुपर्दा हामीले जुन बेस रेट हो त्यसलाई कसरी घटाउन सकिन्छ । बेस रेट घटाउँदा क्याल्कुलेसनहरु उद्योग वाणिज्य महासंघले गरेर जस्तो सिआरआर रेसियो हामीले घटाउन सकिन्छ । सिसिडी ८० बाट ८५ गर्न सकिन्छ र सिआरआर घट्छ । त्यसले गरेर ब्याजदर घट्छ । सिआरआर ८० बाट ८५ गर्दा ३ प्रतिशत जति घट्छ । त्यसैगरी एसएलआर १० बाट ८ प्रतिशतमा ल्यायौं भने अर्को २ पोइन्ट र जेनरल्ली अपरेटिङ कस्टको चाहिं बेसरेटको कम्पोजिसन २५ प्रतिशत जति छ । यो सबै कुरा हामीले घटाउन सक्यौं भने बेस रेटमा १ प्रतिशत जति घटाउने सम्भावना देखेको हुनाले हामीले यो सिआरआर, सिसिडी, एसएलआरको पक्ष राखेर बेस रेट घटाउने एउटा कुरा छ । अर्को घटाउनेमा स्प्रेड रेटमा ३ प्रतिशत ल्याउनुपर्ने भनेर हाम्रो आग्रह छ । अहिले मुख्य भनेको उद्योग व्यवसायहरुलाई तरलता चाहिराखेको छ, क्यासफ्लो चाहिराखेको छ । त्यसैले वर्किङ क्यापिटल लो लेबल फण्ड कम ब्याजदरमा आयो भने हामीले अर्थतन्त्र चलायमान गर्न, बैंकको ब्याज तिर्न, राजश्व तिर्न सदुपयोग हुन्छ ।’

कोभिडको असर अर्थतन्त्रमा २÷३ वर्ष सम्म पर्ने भएकाले कर्जाको पुर्नतालिकिकरण आवश्यक रहेको समेत ज्योतिले बताए ।

उनले भने, ‘रिस्टक्चरिङमा हामीले के भनेका छौं भने कोभिडको कारण विशेष परिस्थिति भएको हुनाले यो छिटो तीन महिनामा सल्टिने कुरा छैन, त्यसैले यो क्वाटर क्वाटर नगरिकन लोन पेमेन्ट डिफल्ट नगरिकन जव हामीलाई थाहा छ यो दुई तीन वर्ष असर पर्छ लामो समयको रिस्टक्चरिङ गर्दा वर्गिकरण हेरेर कोभिडको कारणले असर परेको उद्योग व्यवसायीलाई प्रोभिजनिङ र एनपिएमा लग्न नपर्ने व्यवस्था गर्नुपर्छ । तर सबैलाई ब्लाङ्केटमा गर्नु पर्दैन । कुन कुन क्षेत्रमा प्रभाव परेको छ कम, मध्यम र उच्च गरेर वर्गिकरण गर्न सकिन्छ र रिस्टक्चरिङ गर्दा दुई देखि पाँच वर्ष सम्म कसरी गर्ने भनेर गर्न सकिन्छ । ’

यस्तै पुनरकर्जा पनि अर्थतन्त्रलाई चलायमान बनाउन महत्वपूर्ण हुने भएकाले सरकारले ल्याएको एक सय अर्बको कोषमा सबै उद्योगी व्यवसायीको पहुँच हुने व्यवस्था गर्नुपर्ने उनले बताए ।

पुनरकर्जा कोषको फाइदा लिने प्रक्रियालाई सरलिकरण गर्नुपर्ने ज्योतिले बताए ।

नेपाल चेम्बर अफ कमर्सका उपाध्यक्ष कमलेश अग्रवालले भने एक्सपान्सनरी नेचरको मौद्रिक नीति आवस्यक रहेको बताए ।

उनले मौद्रिक नीतिमा कुनैपनि कन्सटाक्सनरी प्रोभिजन हुन नहुनेमा जोड दिए ।

कोभिड १९ बाट असर परेको अर्थतन्त्रलाई पुनरउत्थान गर्नेमा केन्द्रीत हुनेगरी मौद्रिक नीति तर्जुमा गर्नुपर्ने उनले बताए ।

उनले भने, ‘मौद्रिक नीतिलाई हामीले अहिलेको अवस्थामा एकदमै एक्सपान्सनरी नेचरको मौद्रिक नीति चाहियो । कन्सटाक्सनरी प्रोभिजन हुन भएन । पहिलो कुरा त त्यही भन्छु मौद्रिक नीतिमा । आगामी आउने मौद्रिक नीति कोभिड १९ बाट प्रभावित अर्थतन्त्रलाई पुनरउत्थान गर्नेमा केन्द्रीत हुन पर्छ । (रिकभर अफ द ड्यामेज सेक्टर अफ द इकोनोमि कोभिड १९ भनेर) कोभिड १९ को प्रभावबाट सिथिल भएको अर्थतन्त्र एउटा त पुनरउत्थान भयो अर्को सिथिल भएको अर्थतन्त्रलाई चलायमान, गतिशिल बनाउन आवश्यक व्यवस्थाहरु गरिनु पर्दछ । त्यसपछि मौद्रिक नीति तरलता व्यवस्थापनमा केन्द्रीत हुन प¥यो । मौद्रिक नीतिले आर्थिक स्थायित्व प्रदान गर्नप¥यो ।’

उनले आगामी आर्थिक वर्षको बजेटले निर्देशित गरेको ७ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने गरी वित्तीय उपकरणहरुको परिचालनमा चुनौति बढाएको बताए ।
विस्तारित मौद्रिक नीतिले मात्रै प्रतिस्पर्धी अर्थतन्त्रको विकास हुने अग्रवालले स्पस्ट पारे ।

उनले अहिलेको परिस्थितिमा प्रतिस्पर्धी र आत्मनिर्भर अर्थतन्त्रतर्फ जोड दिन पनि मौद्रिक नीतिले सक्नुपर्ने बताए ।

उनले भने, ‘आर्थिक वर्ष २०७७÷०७८ को बजेटले निर्देशित ७ प्रतिशत वृद्धिदरको लक्ष्य हासिल गर्न वर्तमान अवस्थामा मौद्रिक नीतिको लागि पनि यो धेरै चुनौतिपूर्ण देखिएको छ । विस्तारित मौद्रिक नीतिको साथै प्रतिस्पर्धी अर्थतन्त्रको विकासले मात्र आर्थिक गतिविधिहरु गतिशिल हुन सक्छ । किनभने यसको प्रभावले गर्दा किन प्रतिस्पर्धी अर्थतन्त्रको कुरा आयो भने कोभिड १९ को प्रभावबाट हामीले २ वटा कुरा विचार गर्नुपर्छ । एउटा त प्रतिस्पर्धी अर्को सेल्फ रिलायन्ट इकोनोमि तिर जानुपर्ने हुन्छ । अहिले हामी जुन इम्पोर्ट बेस इकोनोमिमा छौं नि त्यसलाई अव आत्मनिर्भर अर्थतन्त्र तर्फ जानुपर्ने अहिलेको आवस्यकता यो कोभिड १९ को प्रभावबाट हाम्रो देशमा मात्रै होइन सम्पूर्ण विश्वका अन्य देशहरुमा पनि यहि देखियो कि सेल्फ रिलायन्ट इकोनोमिले मात्रै कुनैपनि देशको इकोनोमिलाई स्थायित्व प्राप्त हुन सक्छ भन्ने हो । अर्को अव इन्फ्लेक्सन रेटको करा गरौं आर्थिक वर्ष २०७७÷०७८ को बजेटमा निर्देशित सात प्रतिशतको इन्फल्ेक्सन रेटलाई कायम राख्न मौद्रिक नीतिले आपूर्ति प्रणाली सरल, सहज र सुलभ हुने खालको मौद्रिक नीति आउनुप¥यो ।’

सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौडेलले भने कोभिड १९ का कारण देखिएको असाधारण परिस्थितिमा असाधारण किसिमको मौद्रिक नीति आउनुपर्ने बताए ।
उनले उद्योग व्यवसाय बन्द हुन सक्ने अवस्थालाई अध्ययन गरेर स्टीमुलस प्याकेजहरु आवस्यक रहेको बताए ।

उनले मौद्रिक नीतिले सिद्धान्तमा मात्र नभएर वास्तविक फिल्डमा गएर व्यवसायलाई पुनरजागरण गर्नुपर्नेमा जोड दिए ।

बैंकर पौडेलले अर्थतन्त्रमा परेका अप्ठेरोहरुलाई सम्बोधन गर्नका लागि सिसिडी रेसियोलाई खुकुलो बनाउनुपर्ने, बजारमा पूँजी प्रयाप्तताको हिसाबले लगानी गर्नलाई थप सहज बनाउनुपर्ने र उद्योग व्यवसायहरुले सजिलै ऋण र ब्याज भुक्तानी गर्ने वातावरण निर्माण गर्नुपर्ने बताए ।

कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा अर्थमन्त्रमा गम्भिर असर परेको र बजेटले उपयुक्त सम्बोधन गर्न नसकेको भन्दै उद्योगी व्यवसायीहरु मौद्रिक नीतिबाट आफ्नो समस्या सम्बोधन हुनेमा विस्वस्त देखिएका छन् । खासगरी बजारमा तरलता प्रवाह बढाउने गरी मौद्रिक नीति आउने र बैंकको ब्याजदर एकल विन्दुमा ल्याउन राष्ट्र बैंकले जोड दिने अपेक्षा पनि उद्योगी व्यवसायीहरुले गरेका छन् ।

Related Articles

Back to top button
Close