News

अमेरिकामा एकै दिन ३३ हजार बढी कोरोना संक्रमित थपिए, २३ लाख ३० हजार बढी कोरोनाको जालोमा

काठमाडौं –  साढे ५ महिनादेखि फैलिएको कोरोना भाइरसको महामारीले अमेरिकामा एकै दिन ३२ हजारभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा मात्रै ३२ हजार ६२७ जना संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २३ लाख २९ हजार ८१७ पुगेको छ ।

आइतबार बिहानसम्म १ लाख २१ हजार ९७९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप ५२७ जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

कुल संक्रमितमध्ये ९ लाख ६७ हजार ६७१ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका १२ लाख ४० हजार १६७ जनामध्ये १६ हजार ५४७ जनाको अवस्था गम्भीर रहेको छ ।

Related Articles

Back to top button
Close