News

कपिलवस्तुमा २७ वर्षीय कोरोना संक्रमित महिलाले बच्चा जन्माइन्

कपिलवस्तु । कपिलवस्तु कृष्णनगरकी २७ वर्षीय एक कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छन् । कोहलपुरमा रहेको नेपालगन्ज मेडिकल कलेजमा शनिबार बिहान करिब ६ बजे बच्चा जन्माएकी हुन् । प्रसुतीमा संलग्न रहेका डाक्टर लम्लेन्द्रप्रसाद कुसहवाले शल्यक्रिया गरी बच्चा जन्मिएको बताए । कुसहवाका अनुसार ती महिला शुक्रबार राति करिब १ बजे अस्पताल आइपुगेकी थिइन् । ‘शिशुको तौल दुई किलो चार सय ग्राम छ। आमा र शिशुको स्वास्थ्य सामान्य छ,’ उनले भने ।

उनी एक महिनाअगाडि भारतबाट फर्केर रूपन्देहीमा क्वारेन्टाइनमा थिइन् । पीसीआर परीक्षण गर्दा जेठ ३० गते उनमा कोरोना संक्रमण देखिएको अस्पतालका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनौडियाले बताए । शिशु र आमाको पुनः स्वाब संकलन गरी पीसीआर परीक्षणका लागि पठाइएको छ । रिपोर्ट आइसकेको छैन । ‘रिपोर्ट नेगेटिभ आएमा डिस्चार्ज गरिने र पोजेटिभ आए कम्तिमा थप १४ दिन अस्पतालमै राखिने छ, अस्पतालका प्रवन्ध निर्देशक डाक्टर सुरेशकुमार कनौडियाले भने ।

सबैको जानकारीको सेयर गर्नुहोस !!

Related Articles

Back to top button
Close