News

कोरोनाको संक्रमणको दोस्रो स्थानमा रहेको ब्राजिलमा ज्यान गुमाउनेको संख्या ५० हजार नाघ्यो

कोरोना भाइरसको महामारीले भयावह बनेको ब्राजिलमा मृत्यु हुनेको संख्या ५० हजार नाघेको छ ।

आइतबार यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा ९६८ जनाको मृत्यु भएसँगै ज्यान गुमाउनेको संख्या ५० हजार ५८ पुगेको हो ।

यो पनि पढ्नुहोस

अमेरिकापछि सबैभन्दा बढी संक्रमण देखिएको ब्राजिलमा अहिलेसम्म १० लाख ७० हजार १३९ जनामा संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा त्यहाँ ३१ हजार ५७१ जना संक्रमित भएका छन् ।

संक्रमितमध्ये अहिलेसम्म ५ लाख ४३ हजार १८६ जना संक्रमणमुक्त भएका छन् भने ४ लाख ७६ हजार ८९५ जनाको उपचार भइरहेको छ ।

यसअघि ब्राजिलमा शनिबार अहिलेसम्मकै सर्वाधिक ५५ हजारभन्दा बढी संक्रमित फेला परेका थिए ।

Related Articles

Back to top button
Close