News

सुशान्तको मृत्युको पीडा सहन नसकी आत्मह-त्या गर्नेको संख्या ५ पुग्यो

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको मृत्युको खबर पछि उनका धेरै फ्यानहरु गहिरो पिडामा परेका छन् ।

कति सहन नसकेर आफ्नो ज्यान समेत फालेका छन् ।

यो पढ्न छुटाउनु भयो कि
सुशान्तकी गर्लफेन्ड भनिएकी रिहाले प्रहरीलाई ९ घण्टामा के बयान दिइन् ?
सुशान्तको निधनपछि एक पछि अर्को आपतमा पर्दै सलमान !
सुशान्तको बुबालाई सम्हाल्न मन्त्री रबिशंकर पुगे पटना, दिए श्रद्धाञ्जली
यस्तैमा उत्तर प्रदेशको हापुड जिल्लाका ११ वषिय बालकले पनि आमाको सलमा झु-ण्डिएर आत्मह-त्या गरेका छन् ।

भारतिय मिडियाका अनुसार ति बालक सुशान्तको ठूलो फ्यान रहेको पिडा सहन नसकेपछि आत्मह-त्या गरेको बताइएको छ ।

यो सँगै भारतमा सुशान्तको मृत्युको पीडा सहन नसकेर आत्मह-त्या गर्नेको संख्या ५ पुगेको छ ।

उत्तर प्रदेशको बरेली, बिहारको पटना, अण्डमान द्वीप र विशाखापट्टनममा पनि १–१ जनाले आत्मह-त्या गरेका थिए ।

त्यस्तै पटनामा १७ वर्षीया किशोरीले सुशान्तको मृत्युको खबरपछि आत्मह-त्या गरेकी थिइन् ।

बरेलीका एक विद्यार्थीले ‘ पनि सुशान्तले आत्मह-त्या गर्न सक्छन् भने मैले पनि सक्छु’ लेखेर आत्मह-त्या गरेको समाचार बाहिर आएको थियो ।

अण्डमानकी युवतीले सुशान्तको बारेमा नियमित रुपमा डायरीमा लेख्ने गरेको खुलासा भएको थियो ।

केटिएम दैनिकको सन्देश

“आत्मह-त्याको बिचार आयो वा योजना बन्यो भने तुरुन्त मनोचिकित्सक वा मनोविद संग सहयोग लिनुहोस्, यो एक समस्या हो, उपचार गरे जिवन सरल बन्नेछ र आत्मह-त्याको विचार स्वत हट्नेछ।”

“मैले छोरालाई भनेको थिएँ कि जुन दिन तेरो छनौट हुन्छ, बुबा र छोरा बसेर उत्सव (celebrate) मनाऊँला । तर यो त भनेकै थिएन कि यदि छनौट भएन भने के गर्ने ।

हामी सबै गलत गर्दैछौं । सफलता पछिको योजना त सबै सँग हुन्छ, तर यदि गल्तीले असफल भई हालियो भने, विफलतासँग कसरी व्यवहार गर्ने कसैले यसबारे कुरा नै गर्न चाहँदैन ।छोरा, राम्रो अंकहरू ल्यायौभने, यो कलेजमा भर्ना पाईनेछ, यो कोर्स गर्यौ भने, यो रोजगार पाईनेछ ।

अरे यार, १० लाख विद्यार्थिहरू परीक्षामा बस्छन्, त्यसमध्ये १० हजार मात्र छानिएका हुन्छन्, बाँकीका ९लाख ९० हजार बच्चाहरु ? तिनीहरूलाई थाहा नै छैन कि अब के गर्ने ? किनकि यसबारे कहिले उनीहरूले तयारी नै गरेनन् ।

उनीहरूलाई लाग्छ कि उनीहरू परीक्षामा होइन जीवनमा असफल भई रहेका छन् । परीक्षाको नतीजाले निर्णय (decide) गर्दैन कि हामी बिजेता हौं कि हरुवा हौं । यो निर्णय त कोशिश (try) ले गर्दछ कि हामीले कोशिश कत्तिको गरेछौं वा गर्यौं कि गरेनौं ।”

Related Articles

Back to top button
Close