News

फेरि आयो दुखत करेन्ट लागेर घटनास्थलमै मृत्यु

डोटीडोटीको आदर्श गाउँपालिका–७ नवाघरकी २६ वर्षीया तुलसी थापा बागको करेन्ट लागेर मृत्यु भएको छ ।जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार शनिबार खानेपानी लिन धारामा गएको बेला करेन्ट लागेर उनको घटनास्थलमै मृत्यु भएको हो ।सोही वडाका स्थानीय १९ वर्षीय सुर्ज किमाडीले पानीट्याङ्कीमा करेन्ट प्रवाह गरेकाले बागको मृत्यु भएको प्रहरी उपरीक्षक देउवाले जानकारी दिए ।पानीट्याङ्कीमा
करेन्ट प्रवाह गर्ने किमाडीलाई इलाका प्रहरी कार्यालय आदर्शबाट गएको प्रहरी टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी तथा

प्रहरी नायबउपरीक्षक इन्द्रबहादुर मल्लले बताए ।जाजरकोट शुक्रबारदेखिको अविरल वर्षाका कारण जाजरकोट बाट बाहिर जाने र भित्रिने सबै यातायातका साधन अवरुद्ध भएका छन् । शनिबार दिउँसो मात्र सदरमुकाम रहेको भेरी नगरपालिका–३ ठाटीस्थित रेडक्रसमा सडक भत्किँदा यातायात सेवा अवरुद्ध भए को छ । छिन्चु–जाजरकोट–डोल्पा मुख्य राजमार्गको मूल ठाउँमा पहिरो जाँदा यातायात सेवा ठप्प भएको हो ।करिब ३० मिटरभन्दा बढीसडक भासिए पछि सबै प्रकारका यातायात सेवा अवरुद्ध भएको हो ।

Related Articles

Back to top button
Close