News

स्याङ्जाका थप १० जनामा कोरोना संक्रमण

स्याङ्जा : स्याङ्जामा आइतबार १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । दुई महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा संक्रमितको संख्या ८६ पुगेको छ ।

नयाँ थपिनेमा चापाकोट नगरपालिकाका ६ जना, गल्याङ नगरपालिका ४ जना रहेका छन् । चापाकोटका १८, २१, २१, २१ र ३३ वर्षका पुरुष र ३० वर्षकी एक महिला तथा गल्याङ नगरपालिकाका २०, २६ र ४६ वर्षका पुरुष र ४५ वर्षकी एक महिलामा संक्रमण देखिएको हो ।

उनीहरु सबै भारतबाट आइ क्वारेन्टाइनमा बसिररहेका प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका निर्देशक डाक्टर बिनोद बिन्दु शर्माले जानकारी दिएका छन् ।
स्याङ्जाका ८६ जना संक्रमितमध्ये ८ जना निको भएर घर फर्किएका छन् । शनिबार साँझ पोखरामा उपचाररत एक जना संक्रमित घर फर्किएपछि निको हुनेको संख्या ८ पुगेको हो । एक जना संक्रमितको भने निधन भइसकेको छ ।

स्याङ्जामा अहिलेसम्म पुष्टी भएका संक्रमितमध्ये गल्याङका २ जनाबाहेक सबै भारतबाट आएका हुन् ।

Related Articles

Back to top button
Close