News

मान्छे हराएको सूचना ! सबैले आफ्नै छाेरी सम्झेर १ सेयर गरिदिनुहोला !

काठमाडौ | झापा जिल्ला कनकाई नगरपालिका वडा नं. २ घरभई हाल ललितपुर महानगरपालिका वडा नम्बर २९ हरिसिद्धि डेरा गरि बस्ने रन्जिता सुन्दासकी १३ वर्षीय छाेरी निशा सुन्दास (निरुता) चैत महिनादेखि हराइरहेकी हुँदा फेला पार्नुहुने महानुभावले नजिकैको प्रहरी चाैकी अथवा 9828905440 वा 9828018110 मा सम्पर्क गरिदिनु हुन अनुरोध छ ।

काठमाडौं । इलामको एक गाउँका देवर र भाउजूले एउटै रुखमा झुण्डिएर आत्महत्या गरेका छन् ।

माङसेबुङ गाउँपालिका ६ मावाटोलका २७ वर्षीय विशाल राई र उनकी २६ वर्षीया भाउजू गीता राई झुण्डिएको अवस्थामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

शुक्रबार बिहानै हिँडेका उनीहरु राति अबेरसम्म नफर्केपछि परिवारले खोजी गर्दा घरभन्दा करिब ७ सय मिटर पर दारको रूखमा डोरीले पासो लगाएर झुण्डिएको अवस्थामा फेला परेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ ।

उनीहरुले किन र कसरी आत्महत्या गरे भन्ने विषयमा अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय मंगलबारको टोली घटनास्थल पुगेको पनि प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल सरकारले गरेको लकडाउनपछि नेपालमा आत्महत्या गर्नेको संख्या ह्वात्तै बढेको छ ।

२०७६ चैत ११ गतेबाट शुरु भएको लकडाउन अहिले पनि जारी छ । तर, अहिले लकडाउनको मोडालिटी भने परिवर्तत गरिएको छ । प्रहरी प्रधान कार्यालयको तथ्यांक अनुसार जेठ १५ सम्म आत्महत्या गर्नेको संख्या ११ सय नाघिसकेको छ ।

लकडाउन सुरु भएको ११ चैतदेखि १७ जेठसम्मको अवधिमा १ हजार १०५जनाले आत्महत्या गरेको तथ्यांक छ ।

प्रहरी प्रधान कार्यालयको तथ्यांकअनुसार लकडाउनको सुरुवाती १६ दिनमा आत्महत्या दर दैनिक १६ जना थियो भने त्यसपछिका ४५ दिनमा दैनिक औसत १७ जनाले आत्महत्या गरेका छन् ।

Related Articles

Back to top button
Close