News

“राजा वीरेन्द्रले समेत अस्वीकार गरेको ऐनको आडमा बाँडिएका अवैध नागरिकता खारेज गरियोस्”

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) का अध्यक्ष कमल थापाले अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्न माग गरेका छन्।

आफ्नै ट्वीटमा टिप्पणी गर्दै थापाले २०६३ साल पछि बाँडिएका नागरिकता माथि छानबिन गर्न र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता खारेज गर्न माग गरेका हुन्।
तीन जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदानगर्ने नागरिकता ऐन ०६३ को व्यवस्था अनुरुप दशौं लाख विदेशीले विभिन्न प्रकारका नेपाली नागरिकता लिएको थापाको भनाई छ।

“३ जनाको सर्जमिन शिफारिसमा नागरिकता प्रदानगर्ने नागरिकता ऐन ०६३ को व्यवस्था अनुरुप दशौं लाख विदेशीले विभिन्न प्रकारका नेपाली नागरिकता लिएका छन्।”,ट्वीटरमा टिप्पणी गर्दै उनले लेखेका छन्। २०६३ साल पछि बाँडिएका नागरिकता बारे छानबिन गर्न न्यायिक आयोग गठन गर्न उनको सुझाव छ।

“न्यायिक आयोग गठनगरि यसवारे छानविनगर्न र अवैधरुपमा नागरिकता लिएकाहरुको नागरिकता प्रमाणपत्र रद्दगर्न राप्रपाले ०६४ सालदेखि मागगर्दै आएको छ।”,थापाले लेखेका छन्।

Related Articles

Back to top button
Close