News

१७ वर्षीया सु’त्केरी र १७ दिनको शिशु अल’पत्र छोडेर युवा फ’रार

केदार शर्मा, चितवन । भरतपुर महानगरपालिका–११ गणेस्थानमा डेरा गरी बस्ने १७ वर्षीया युवती र उनकी १७ दिनको शिशु बिचल्लीमा परेका छिन् । विवाहको प्रलोभन देखाउदै क्षेत्रपुरका एक युवाले उनीसँग प्रेम सम्वन्ध गाँसेका भएता पनि अहिले ति युवा फरार छन् । ति युवा कहाँ छन् ? भन्ने कुनै खबर थाहा नभएको युवती बताउछिन् ।

उक्त १७ वर्षी युवतीले शल्लेक्रिया मार्फत् भरतपुर अस्पतालमा शिशुको जन्म दिएकी हुन्। अहिले सुत्केरी युवतीको अवस्था दयनीय छ । उनको डेरामा ७८ वर्षीया बुढी हजुरआमा र १७ दिनको शिशु छ । शिशुलाई पिलाउन आमाको दुध समेत राम्रोसँग नआएपछि ल्याक्टोजिन किन्ने समेत रकम नभएको युवतीकी हजुरआमाको भनाइ छ । सामान्य चिया पसल सञ्चालन गर्दै आँफ्नो जीवन चलाउदै आएका उनीहरु लकाडाउनका कारण आधापेट खाएर रात कटाउने गरेका छन् ।

लकडाउनका कारण उनीहरुको चिया पसल बन्द छ । ‘सानै उमेरमा नातिनीलाई प्रलोभनमा पारेर यो अवस्थामा ल्याउने केटा फरार छ। स्थानीयको सहयोगमा प्रहरीमा जाहेरी त दिएका छौं’, युवतीकी हजुर आमा भन्छिन् । चिया पसलबाट हुने आम्दानीले आँफ्नो पेट पाल्दै आएकी उनले बन्दले गर्दा ४ महिनासम्मको घर भाडा तिर्न नसकेको र खाने कुराको समेत अभाव हुन थालेको उनी बताउँछिन् ।

‘यसरी सबै तिरबाट हामी गरीबलाईनै दैवले घेर्दा रहेछन्’, हजुरआमा रुदै भन्छिन् । ‘अहिले मेरो नातिनीलाई विभिन्न बहानामा आमा बनाएर फरार भएका युवालाई प्रहरीले खोज्छौ त भनेको छ । नानितीको अवस्था नाजुक छ । डाक्टरलेल अप्रेसन गरेर पलातीनी निकाले । तर, अहिले आमाको दूध समेत नआउदा पलातिनीलाई के खुवाउने पिरलो छ । मसँग दुध किन्ने समेत पैसा छैन’ आँशु पुछ्दै भनिन् ।

खाद्यान्न र लत्ता कपडा सहयोग : सुत्केरी युवतीको बिचल्ली भएको खबर पाएलगत्तै बेवारिसेहरुको ब्यवस्थापन तथा पुनर्जीवन केन्द्र चितवनले खाद्यान्न सहयोग गरेको छ। शनिबार युवतीको डेरामा पुगेर चामल, नुन, तेल तथा केही लत्ता कप डा सहयोग गरिएको सामाजिक अभियान्ता श्रेया रिजालले जानकारी दिइन् । केन्द्रले आमाको दूध राम्रोसँग नआएको भन्दै ल्याकटोजिन किन्नको लागि केही नगद समेत सहयोग गरेको थियो ।

युवतीको अवस्था निकै दयनीय रहेको भन्दै युवतीलाई बि’चल्लीमा पार्ने युवाको खोजी गर्न रिजालले सबैमा अपील गरेकी छिन । उनी आफै पनि सुत्केरी युवतीलाई व्यवस्थित स्थानमा स्थान्तरण गर्ने र युवालाई खोज्ने काममा लागेको उनको भनाइ छ । ‘अहिले केही दिनको लागि पुग्ने खाद्यान्न सहयोग ग¥यौं, अब युवतीको न्यायको लागि लड्छौं’, रिजालले भनिन् । ति फरार युवाको घर भरतपुर क्षेत्रपुरमै भएको बुझ्न आएसँगै खोज्ने काम सुरु गरिएको रिजालले बताइन् । न्युज २४ नेपालबाट साभार

Related Articles

Back to top button
Close