News

थप ४२१ जनामा कोरोना देखियो, कुन जिल्लामा कति ?

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेश ब्रिफिंगमा नेपालमा पछिल्लो २४ घण्टामा ६४ जना महिला र ३५७ जना पुरुष गरि थप ४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो संगै संक्रमितको संख्या संगै ९०२६ पुगेको छ । जसमा जना ८२० महिला र ८२०६ जना पुरुष रहेका छन् ।

पछिल्लो २४ घण्टामा ८ जना महिला र १८६ जना पुरुष गरेर १९४ जना निको भएर डिस्चार्ज भएका छन् । यो संगै नेपालमा हालसम्म १४९ जना महिला र १६२३ जना पुरुष गरि १७७२ जनाले कोरोना जितेका छन् ।

हालसम्म आरटि पिसीआर १ लाख ७५ हजार १ सय ७३, आरडीटि परिक्षण २ लाख ६२ हजार १७४ भएको छ । ९४ हजार ९२८ देशभर क्वारेन्टाइन रहेका छन् । त्यस्तै आइसोलोसनमा ७ हजार २३१ जना रहेका छन् ।

Related Articles

Back to top button
Close