News

काठमाडौँ – आइतबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।

काठमाडौँ – आइतबार ४ सय जना भन्दा बढीमा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ। देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट ४ सय २१ जनामा कोरोना संक्रमणको पुष्टि भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले बितेको २४ घण्टामा ४ सय २१ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको जानकारी दिए। यससँगै नेपालमा संक्रमितको संख्या ९ हजार २६ पुगेको छ।

यस्तै बितेको २४ घण्टामा नेपालका १ सय ९४ जना कोरोना भाइरस संक्रमित निको भएर घर फर्किएका छन्। आइतबार डिस्चार्ज हुनेहरुमा ८ जना महिला र १ सय ८६ जना पुरुष रहेका छन्। यससँगै कोरोनालाई जितेर घर फर्किनेको संख्या १ हजार ७ सय ७२ पुगेको छ। अहिले सम्म १ हजार ६ सय २३ जना पुरुष र १ सय ४९ जना महिला कोरोना जितेर फर्किसकेका छन्
हाल सम्म नेपालमा १ लाख ७५ हजार १ सय ७३ पिसिआर परीक्षण र २ लाख ६२ हजार १ सय ७४ आरडीटि परीक्षण भएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता गौतमका अनुसार बितेको २४ घण्टामा ६ हजार ८ पिसिआर परीक्षण र ९ हजार ८ सय ७४ आरडीटि परीक्षण भएको छ।

क्वारेन्टाइनमा ९४ हजार ९ सय २८ र आइसोलेसनमा ७ हजार २ सय ३१ जना रहेको पनि उनले जानकारी दिए।

Related Articles

Back to top button
Close