News

ललितपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : ललितपुरमा थप एक जनामा कोरोना संक्रमण देखिएको छ। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल प्रयोगशालमा गरिएको परीक्षणमा ललितपुरकी एक महिलामा कोरोना संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले जानकारी दिए।

आइतबार थप एकै दिन ४२१ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमकाअनुसार ४२१ जनाको रिपोर्ट पोजिटिभ आएसँगै संक्रमितको संख्या ९ हजार २६ पुगेको हो।

नयाँ संक्रमितमध्ये ८ हजार २०६ जना पुरुष र ८२० महिला रहेका छन्। शनिबार मात्रै ३३१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। हरेक दिन संक्रमितको संख्या बढ्दै गएको छ। आइतबार पीसीआर विधिबाट १ लाख ७५ हजार १७३ र आरडीटी विधिबाट २ लाख ६२ हजार १७४ जनाको नमुना परीक्षण गरिएको छ।

पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ६ हजार ८ जना र आरडीटी विधिबाट ९ हजार ८७४ जनाको नमुना परीक्षण भएका छन्। मन्त्रालयका प्रवक्ता डा. गौतमका अनुसार ९४ हजार ९२८ जना क्वारेन्टाइनमा छन् । यस्तै आइसोलेसनमा ७ हजार २३१ रहेका छन्।

७५ जिल्लामा कोरोना संक्रमण फैलिसकेको छ। रेडजोनमा ५०५ रहेका छन्। गत २४ घन्टामा काठमाडौंका एक र दाङका एकजना गरी २ जनारेडजोनमा परेका छन्। निको हुनेको संख्या १७ सय ७२ पुगेको छ। रेडजोनमा ५०५ जनायस्तै नेपालमा कोरोना जित्नेको संख्या १७ सय ७२ पुगेको छ। आइतबार मात्र थप १९४ जना कोरोना जितेर घर फर्किएका छन् ।

नयाँ डिस्चार्ज हुनेमा १८६ पुरुष र ८ महिला छन्। हालसम्म २३ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन्। आइतबार कोरोनाबाट मृत्यु हुनेमा गुल्मीका पुरुष हुन्।

Related Articles

Back to top button
Close