News

ललितपुरमा थप एक महिलालाई कोराेना

ललितपुरमा थप एक जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ।

आइतबार ललितपुरकी एक महिलामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

उनको टेकुस्थित शुक्रराज ट्रोपिकल तथा सरूवा रोग अस्पतालमा गरिएको स्वाब परीक्षणमा कोरोना देखिएको मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए।

मुलुकभर संक्रमितको संख्या नौ हजार २६ पुगेको छ। आइतबार मात्रै चार सय २१ संक्रमित थपिएका हुन्। त्यस्तै आइतबार थप १ सय ९४ संक्रमित अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयले जानकारी दिएको छ।

अहिलेसम्म एक हजार सात सय ७२ संक्रमित निको भएर घर फर्किसकेका छन्।

Related Articles

Back to top button
Close