News

Breaking news नेपालमा कोरोनाबाट थप १ जनाको मृ’त्यु

काठमाडौँ : आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाबाट ज्या’न जानेको संख्या १ थपिएको पुष्टि गरेको छ ।नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले १ को मृ’त्यु भएको बताएका हुन् । यससँगै नेपालमा कोरोनाका कारण मृ’त्यु हुनेको संख्या २३ पुगेको छ ।

मृ’तक गुल्मी जिल्लाको छत्रकोट गाउँपालिका वर्ष ६९ का पुरुष हुन् । प्रवक्ता डाक्टर गौतमले दिएको जानकारी अनुसार उनी प्यारालाइसिस उपचारका क्रममा भारत गएर गत २५ गते नेपाल आएका थिए ।

नेपाल आएपछि उनी होम क्वारेन्टाइनमा बसेका थिए । उनको मृ’त्यु शुक्रवार घरमै भएको थियो । शुक्रवार नै स्वाब संकलन गरी भैरहवा पठाइएकोमा शनिवार पीसीआर पोजिटिभ देखिएको हो ।मृ’तकको श’वको व्यवस्थापन शनिबार नै नेपाली सेनाले गरेको छ ।

Related Articles

Back to top button
Close